Kantipur

Kantipur

मिति | २०७१ वैशाख ६, शनिबार     Login | Register
समाचार»

मिसनका उच्च पदमा लगातार असफल

काठमाडौ, पुस ४ -
नेपाली सेनाका उच्च अधिकृतहरू राष्ट्रसंघीय शान्ति स्थापनार्थ मिसनमा उच्च पद प्राप्त गर्न क्रमशः असफल भएका छन् । राष्ट्रसंघीय मिसनमा उच्च पद पाउन तीन स्थानमा प्रतिस्पर्धा गरेका सेनाका तीन जना उच्च अधिकृत असफल भएका हुन् ।  

पछिल्लो पटक दक्षिण सुडानका लागि राष्ट्रसंघीय मिसन -अनमिस) को फोर्स कमान्डरमा आवेदन दिएका सेनाका युद्धकार्य तथा व्यवस्था महानिर्देशक उपरथी -मेजर जनरल) पवन पाण्डे पनि छानिएनन् । राष्ट्रसंघीय महासचिव वान कि मुनले अनमिसको फोर्स कमान्डरमा हालै घानाका मेजर जनरल देलाली जोनसन साकीलाई नियुक्त गरेका छन् । उपरथी पाण्डेले यसअघि पनि गत वर्ष वेस्टर्न सहारास्थित राष्ट्रसंघीय मिसनको फोर्स कमान्डरका लागि प्रतिस्पर्धा गरेका थिए । त्यहाँ पनि उनी असफल भएका थिए ।

त्यसबेला बंगलादेशका मेजर जनरल अब्दुल हाफिज फोर्स कमान्डर छानिएका थिए । उपरथी पाण्डेअघि पनि तत्कालीन उपरथी नेपालभूषण चन्दले २०६७ मा वेस्टर्न सहाराकै लागि फोर्स कमान्डरमा प्रतिस्पर्धा गरे पनि छानिएका थिएनन् । त्यही वर्ष अर्का उपरथी नेत्रबहादुर थापाले पनि लेबनानका लागि राष्ट्रसंघीय मिसनमा फोर्स कमान्डरमा प्रतिस्पर्धा गरेका थिए तर सफल भएनन् । चन्द हाल बलाधिकृत रथी छन् भने थापा बलाध्यक्ष रथी छन् । राष्ट्रसंघीय शान्ति सेनामा सहयोग पुर्‍याउने प्रमुख मुलुकमध्ये नेपाली सेना सातांै नम्बरमा पर्छ । तर पनि उच्च सैनिक अधिकृतहरू एकपछि अर्को गर्दै मिसनका उच्च पदका प्रतिस्पर्धामा असफल हुनुलाई दुई वर्षअघि तत्कालीन प्रधानसेनापति छत्रमानसिंह गुरुङले नेपालस्थित राष्ट्रसंघीय मिसन अनमिनविरुद्ध गरेको 'लबिइङ' प्रमुख कारण भएको जानकार स्रोतको भनाइ छ । तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको निर्देशनमा २०६७ भदौमा सेनापति गुरुङले 'अनमिन बहिर्गमनका आधारहरू' शीर्षकको दस्तावेजै तयार पारेर राष्ट्रसंघीय मिसनविरुद्ध लबिइङ गरेका थिए । त्यही लबिङ र बाह्य दबाबका कारण २०६७ भदौमा अन्तिम पटकका लागि थपिएको चार महिने समयावधि सकिएपछि अनमिन पुस मसान्तमा बाहिरिएको थियो । तत्कालीन अनमिन प्रमुख करिन लनग्रेनले राजनीतिक उक्साहटमा नेपाली सेना अनमिनविरुद्ध खनिएको भन्दै राष्ट्रसंघीय सुरक्षा परिषद्मा प्रतिवेदन दिएकी थिइन् । प्रतिवेदनमा उनले नेपाली सेनामाथि चर्को आक्रोश व्यक्त गरेकी थिइन् ।

 

प्रकाशित मिति: २०६९ पुस ५ ०९:०१

तपाईंको प्रतिकृया


कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: Comments containing abusive words or slander shall not be published.

Today's Paper Epaper - Kantipur Daily 2014-4-18
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

उऽऽ त्यो 'बिजुली छैन’ लेख्या उर्जा मन्त्रालय !... 'पेर्टोल छैन’ लेख्या आपूर्ति ...अनि 'किताप छैन’ चैं शिक्षा !

विज्ञापन

New Year Suppliment 2071 Radio Kantipur Rakshya Travel
  हाम्रा प्रकाशनहरु :
Our Publication