Kantipur

Kantipur

मिति | २०७१ वैशाख ६, शनिबार     Login | Register
विविधा»

शिवा हासमीको जिउँदै अग्निदाह

पुस ४ -
नोभेम्बर २५ देखि डिसेम्बर ११ सम्म महिलामाथि हुने  हिंसा विरुद्धको १६ दिने अभियान र मानवअधिकार दिवस मनाइरहेका बेला बर्दियाकी १६ वषर्ीया शिवा हासमीलाई विवाह गर्न नमानेको निहुँमा मट्टतिेल छर्केर जिउँदै आगो लगाइयो । उनको ९० प्रतिशत शरीर जलिसकेको थियो । चिकित्सकले उनलाई बचाउन सकेसम्म कोसिस त गरे, तर बचाउन सकेनन् । अन्ततः उनको उपचारको क्रममा काठमाडौको वीर आस्पतालमा दुःखद निधन भयो । यसले धेरैलाई स्तब्ध बनाएको छ । साथै शिवा हासमीको हत्यामा संलग्न सबैलाई हदैसम्मको कानुनी सजाय हुनुपर्छ ।  

यो घटना मानवअधिकार विरोधी कार्य हो । यसलाई जति भत्र्सना गरे पनि कमै हुन्छ । यस प्रकारको अमानवीय घटनाले धेरै प्रश्न उब्जाएको छ । किन बालिका र महिलाहरूमाथि यस्ता आपराधिक क्रियाकलाप दिनानुदिन बढ्दै गइरहेको छ ? किन यस्ता आपराधिक क्रियाकलाप  विरुद्ध सबैको संगठित आवाज आउन सक्दैन ? एक्काइसौ शताब्दीमा पनि नेपाली महिला र बालिकाहरूको मानवअधिकारको हनन हुनु, बालिकाको भ्रूणहत्या हुनु, ससाना बालिकाहरू यौनजन्य हिंसाको सिकार हुनु, जिउँदै खोलामा बगाएर मारिनु, ढुङ्गाले हिर्काएर बाबुले नै छोरी मार्नु जस्ता पाशविक समाचार प्रशस्तै आइरहेका छन् । जसले आङै सिरिङ्ग बनाउँछ । यसै साता समाचार माध्यममा आएको अर्को महिला हिंसा पनि त्यतिकै कहालिलाग्दो छ । त्यो हो मोरङ इटहरीमा एउटी महिला हरेक दिन सामूहिक बलात्कार भोग्न बाध्य भइन् । यस क्रममा ती महिलाको दुईपटक गर्भपतन भइसकेको कुरा समाचारमा आएको छ । यस्ता घटनाविरुद्ध सबैको ध्यान जानुपर्ने होइन र ? एउटाले अर्कालाई देखाउनेभन्दा पनि यस विरुद्ध जसले पनि

आवाज उठाए हुन्छ नि । यस विरुद्ध मौनताको संस्कृतिलाई तोड्नैपर्छ र हिंसाविरुद्ध संगठित आवाज उठाउनैपर्छ ।

दस महिनाजति अघि चितवनकी ढेगनी देवीलाई बोक्सीको आरोपमा कुटपिट गरेर जिउँदै जलाएको घटना हाम्रासामु ताजै छ । गाउँ-छिमेक लगायतका उनका आफन्तहरू कसैले पनि उनलाई सहयोग गरेनन् । मौन भएर रमितामात्र हेरिरहे । उनलाई क्षतिपूर्ति स्वरुप ११ लाख रुपियाँ दिएर सरकार आपmनो जिम्मेवारीबाट पन्छियो । यो घटना पनि त्यसै सेलाएर गयो ।

अहिले महिलामाथि हुने हिंसा तीव्र रूपमा बढिरहेको कुरा विभिन्न छापामा प्रकाशित समाचारहरूले पुष्टि गरेको छ । अभियान चल्दाको १६ दिनमा ३,१११ महिला हिंसाका घटनाहरू महिला आयोग र प्रहरीमा दर्ता भएको समाचार आएको थियो । कति हिंसाबाट पीडितहरू सामाजिक संस्थाहरूमा सहयोगका लागि आए, त्यसको सूची पनि लामै छ । छापिएका समाचारभन्दा कैयौं बढी यस्ता घटनाहरू हुने गरेका छन्, जसलाई हामीले गम्भीरतापूर्वक हेर्नुपर्छ । शिवालाई जलाइएको घटनाले एकैछिन संवेदनशील भएर मात्र हँुदैन । यो समस्याको मूलजरो पहिचान गरी प्रभावकारी कार्य हुनु जरुरी छ । हिंसा विरुद्ध शून्य सहिष्णुताको नीति रहेको भाषण गरेर मात्र पुग्दैछ । त्यसको व्यावहारिक रूपमा कार्यान्वयन हुनु जरुरी छ ।

महिला हिंसाको सबैभन्दा प्रमुख केन्द्र घर नै हो, जहाँबाट जन्मने बित्तिकैदेखि छोरीले विभेदको सामना गर्नुपर्छ । छोरीको भ्रूणहत्या, बालविवाह, बलात्कारको घटना हुँदै कैयौ शारीरिक र मानसिक यातनाको सिकार महिलाहरू आपmनै घरभित्रै व्यहोर्न बाध्य छन् । यसैले अभियानको थालनी  हामीले घरबाटै गर्नुपर्छ, यदि साँच्चै महिलामाथिको हिंसा रोक्ने हो भने ।

महिलामाथिको हिंसा र शोषणविरुद्ध धेरै राष्ट्रिय-अन्तर्राष्ट्रिय सम्मेलन, सन्धि, सम्झौताहरू भएका छन् ।  ती सन्धि, सम्झौतालाई व्यावहारिक रूपमा कार्यान्वयनको खाँचो छ । महिलामाथि हुने यौनजन्य हिंसा विभिन्न रूपमा समाजमा विद्यमान छन् । तिनीहरूको नियन्त्रण नभएसम्म हामीले चाहेजस्तो महिलाहरूको समुन्नति र विकास हुनसक्दैन । साथै घर, परिवार र समाजमा पनि दिगो शान्ति हुनसक्दैन । महिलामाथि हुने हिंसा नियन्त्रणका लागि पुरुषहरूको सहभागिता एकदमै आवश्यक छ ।

प्रकाशित मिति: २०६९ पुस ५ ०९:०१

तपाईंको प्रतिकृया


कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: Comments containing abusive words or slander shall not be published.

Today's Paper Epaper - Kantipur Daily 2014-4-19
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

उऽऽ त्यो 'बिजुली छैन’ लेख्या उर्जा मन्त्रालय !... 'पेर्टोल छैन’ लेख्या आपूर्ति ...अनि 'किताप छैन’ चैं शिक्षा !

विज्ञापन

New Year Suppliment 2071 Radio Kantipur Rakshya Travel
  हाम्रा प्रकाशनहरु :
Our Publication