Kantipur

Kantipur

मिति | २०७१ वैशाख ११, बिहीवार     Login | Register
मुख्य समाचार»

प्रधानमन्त्री भेट्न धाएको धायै

काठमाडौ, पुस ४ -
पछिडिएका समुदायका सर्वसाधारणका पीरमर्का बुझ्न उनीहरूकै घरमा बास बस्न जाने गरेका प्रधानमन्त्री बाबुराम भट्टराईलाई सिंहदरबारस्थित उनको कार्यालयमा पुगेर समस्या सुनाउन चाहिँ असम्भवजस्तै हुने रहेछ । नुवाकोटकी केनादेवी राईको अनुभवले यसै भन्छ । जनआन्दोलनमा प्रहरीको कुटाइले पक्षघात भई आधा शरीर नचल्ने भएकी राईले मंगलबार तीन घन्टा कुर्दासमेत प्रधानमन्त्रीलाई त परै उनका प्रमुख स्वकीय सचिव गंगानारायण श्रेष्ठलाई पनि भेट्न पाइनन् ।

सचिवालयमा उनीसँगै र पछि आएका २० भन्दा बढी नेता-कार्यकर्ता/कर्मचारी/पूर्वसभासद/व्यापारी लगायतलाई स्वकीय सचिव गंगाले भेटे । उनीहरूका कुरा पनि सुने । तर केनादेवी भने उनको कार्यकक्षमा पस्नै नपाई फर्किइन् । शारीरिक रूपमा अपांग केनादेवी फकिर्ंदा सिंहदरबारको दक्षिणगेटमा पास दिने गृह मन्त्रालयको फाँट बन्द भइसकेको थियो । उनी नागरिकता छाडी पास बोकेर घर फर्किन् । बुधबार फेरि मंगलबारको पास भिरेर आइन् । तर त्यो पासले भित्र जान नपाइने भएपछि बुधबार उनी सिंहदरबारभित्र पस्नै नपाई डेरा फर्किइन् । 'उपचारका लागि आर्थिक सहायता माग्नु छ । बिहीबार पनि सिंहदरबार जान्छु,' उनले भनिन् । आफ्नै पार्टीको सरकारका प्रधानमन्त्री बाबुराम भट्टराईसँग आर्थिक सहयोगको अपेक्षा राख्दै उनी गत चैत १९ गते पहिलो पटक सिंहदरबार पसेकी थिइन् । त्यसबेला उनले उपचारका लागि आर्थिक सहयोग जुटाउन लेखिएको निवेदन, काठमाडौं प्रशासनले जारी गरेको अपांग परिचयपत्रको फोटोकफी, माओवादी पार्टीको काठमाडौंस्थित ७ नम्बर क्षेत्रीय कार्यालयले लेखिदिएको सिफारिसपत्र सहितको निवेदन सचिवालयमा दर्ता गराएकी थिइन् । पाण्डे थरका एक कर्मचारीले त्यसबेला भनेका रहेछन्, 'आर्थिक सहायताका लागि बजेट छैन, पछि-पछि आउँदै गर्नुहोला ।' सावा अक्षर मुस्किलले चिन्ने ४१ वषर्ीया त्यसपछि बालाजु डेराबाट चार पटक सार्वजनिक बस चढेर सिंहदरबार आइसकिन् । दुई पटक उनी सिंहदरबार पस्नै पाइनन् भने पसेका बेला पनि स्वकीय सचिवलाई समेत भेट्न पाइनन् । उपचारका लागि सहायता पाउने छनक बुधबारसम्म देखिएन ।

काठमाडौं ७ नम्बर चुनावी क्षेत्र मातहतको किरात राई राष्ट्रिय मुक्ति मोर्चाकी संगठित सदस्यसमेत रहेकी उनलाई मंगलबार त्यही कार्यालयका क्षेत्रीय नेता सुशील क्षत्रीको फोन सिफारिसमा सिंहदरबार पस्ने पास प्रधानमन्त्री कार्यालयले मिलाइदिएको थियो । उनी १ नम्बर पास भिरेर प्रधानमन्त्री कार्यालयमै पुगिन् तर समस्या कसैले सुनिदिएन । उनी त्यहाँ रहँदा प्रधानमन्त्री भट्टराई पनि कार्यकक्षमै थिए । पक्षाघातको उपचारका लागि केही महिनायता बाफलमा गराउँदै आएको निःशुल्क फिजिओथेरापी छाडेर सिंहदरबार पुगेकी उनी खाना पकाउने, लुगा धुनेजस्ता काम आफैं गर्न सक्दिनन् । दोस्रो जनआन्दोलनमा सुरक्षाकर्मीको लाठीचार्जमा परी उनको बायाँ शरीर पक्षघात भएको हो । जनआन्दोलनअघि राजधानीमा ज्यामी काम गर्दै गुजारा गरिरहेकी यी महिला हाल राम्ररी हिँड्न पनि सक्दिनन् । ५० वषर्ीय श्रीमान्मा उनको जीवन आश्रति छ । जनआन्दोलनपछि चार प्रधानमन्त्री फेरिए तर केनादेवीको शरीर पुरानै अवस्थामा फर्किएन । माधवकुमार नेपालको कार्यकालमा गृह मन्त्रालयले दिएको १ हजार रुपैयाँबाहेक सरकारबाट कुनै उपचार सहयोग नपाएको उनले बताइन् । अब सरकार परिवर्तन हुने हल्ला भएकाले अहिल्यै केही पाइन्छ कि भन्ने आशामा सिंहदरबार धाएको उनी बताउँछिन् । 'आफ्नै पार्टीको प्रधानमन्त्री भएकाले आएकी हुँ,' मंगलबार उनले प्रधानमन्त्री कार्यालयमा भनिन्, 'अर्को पार्टीको सरकार आएपछि झन् के नै पाइएला ?' गोंगबुमा घाइते भएपछि २० दिन अचेत भई थलिएकी उनलाई त्यसबेला नबाँच्ने ठानेर बालाजुबाट गाउँ पठाइएको थियो । पछि उनी होसमा त आइन् तर आधा शरीर नचल्ने अवस्थामा । त्यसपछिका धेरै वर्ष उनी गाउँमै बसिरहिन् । काठमाडौं प्रशासनले दिएको अपांग परिचयपत्र भएकी उनीसँग जनआन्दोलन घाइतेको परिचयपत्र छैन । किनकि काठमाडौंको आन्दोलनमा सहभागी उनलाई नुवाकोट प्रशासनले काठमाडौंबाटै परिचयपत्र लिन भनेको थियो । निरक्षर पति, गरिबी र भनसुन गरिदिने कोही नभएकाले परिचयपत्र लिन नसकेको उनले बताइन् । उनका अनुसार नुवाकोटका प्रजिअले काठमाडौंका प्रजिअलाई भन्न भने । 'काठमाडौंकाले तपाईं माओवादीको हुनुहुँदो रहेछ, उहाँहरूसँगै भन्नुहोस् भने,' पार्टीले दिएका सिफारिसपत्र देखाउँदै उनले भनिन्, 'तर यी कागजातबाहेक केही छैन । २५ हजारजति पाए रोग निको हुने औषधि किन्थें ।'

प्रकाशित मिति: २०६९ पुस ५ ०८:५८

तपाईंको प्रतिकृया


कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: Comments containing abusive words or slander shall not be published.

Today's Paper paper - Kantipur Daily 2014-4-23
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अबिन

धन्न आपूर्ति सहज भ' र'छ !... दिनभरि लाइन बसेर अलिकति भे नि पाइयो !

विज्ञापन

Radio Kantipur Rakshya Travel
  हाम्रा प्रकाशनहरु :
Our Publication