काठमाडौ, मंसिर २६ -
साफ वुमेन्स च्याम्पियनसिपको उपविजेता नेपाली राष्ट्रिय टिम मैत्रीपूर्ण दुई खेल खेल्न कुवेत जाने भएको छ । अखिल नेपाल फुटबल संघ -एन्फा) का अध्यक्ष गणेश थापाका अनुसार नेपालले कुवेतविरुद्ध पुस २९ र माघ २ गते खेल्नेछ ।
मैत्रीपूर्ण खेलमा नेपाली टिमको मुख्य प्रशिक्षक कुमार कटवाल हुनेछन् । उनी पहिलो साफमा ध्रुव केसी र दोस्रोमा किशोर केसीका सहायक थिए । किशोर हाल जावलाखेलमा व्यस्त भएकाले कुमारलाई मुख्य प्रशिक्षक बनाइएको एन्फा अध्यक्ष थापाले बताए । सहायक प्रशिक्षकमा सन्तोष बानियाँ हुनेछन् । लिगको प्रदर्शनको आधारमा टिम छनोट गर्ने बताइएको छ । पुरस्कार ८ लाख ५० हजार प्रथम महिला लिग फुटबलमा ७ लाख रुपैयाँ र एक स्कुटर पुरस्कार दिने भएको छ । धनगढीमा शनिबारदेखि हुने लिगको विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार पाउने एन्फाले जनाएको छ । आठ टिमले पुस १४ गतेसम्म खेल्ने लिगमा तेस्रोले ७५ हजार र चौथोले ५० हजार हात पार्नेछन् । उत्कृष्ट किपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई २५-२५ हजार र सर्वोत्कृष्ट खेलाडील्ााई स्कुटर दिने बताइएको छ । लिगको अनुमानित बजेट ४७ लाख रुपैयाँ छ । वेस्टर्न युनियनको प्रायोजन महिला लिगको लागि एन्फाले वेस्टर्न युनियनसँग ३ वर्षे प्रायोजनमा मंगलबार सम्झौता गर्यो । प्रायोजन वाषिर्क ६ लाखको छ । 'परिस्थितिअनुसार रकम बढाउनेछौं,' वेस्टर्न युनियनका रिजनल अपरेसन स्पेसलिस्ट कवीन्द्र श्रेष्ठले भने ।