Kantipur

Kantipur

मिति | २०७१ वैशाख १२, शुक्रबार     Login | Register
खेलकुद»

नेपालको सम्भावना बलियो

काठमाडौ, मंसिर २६ -
एसियाली फुटबल महासंघ -एएफसी) को मुख्यालय क्वालालम्पुरमा मंगलबार सन् २०१४ को एएफसी च्यालेन्जकप छनोटको 'ड्र' निकालिएको छ । छनोट सन् २०१३ को मार्चमा हुनेछ । नेपालले छनोटको समूह 'डी' को आयोजना गर्नेछ र यस समूहमा आयोजक देशसँगै प्यालेस्टाइन, बंगलादेश र नर्थन मारियना आइल्यान्ड परेका छन् । छनोटमा कुल २० टिमको सहभागिता रहेको छ र त्यसलाई पाँच समूहमा विभाजन गरिएको छ । छनोटको प्रत्येक समूहका चार टिमले एक-अर्काविरुद्ध खेल्नेछन् ।

नेपालसामु प्रतियोगिताको अन्तिम चरणमा पुग्ने बलियो सम्भावना रहनेछ । पाँच समूह विजेता र दुई उत्कृष्ट दोस्रो स्थान प्राप्त गर्ने टिमले प्रतियोगिता अन्तिम चरण खेल्नेछ । माल्दिभ्समा अन्तिम चरणका खेल हुनेछन् र आयोजकले स्वतः त्यसमा प्रवेश पाउनेछ ।

यससँगै अन्तिम चरणमा आठ टिमको सहभागिता रहनेछ । यसपल्टको प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन उत्तर कोरियाको भने सहभागिता रहने छैन । छनोटका खेल मार्चको २ देखि ६ मा आयोजना हुनेछन् । छनोटको समूह 'ए' मा म्यानमार, भारत, चाइनिज ताइपेयी र ग्वाम, समूह 'बी' मा कीर्गिस्तान, ताजकिस्तान, पाकिस्तान र मकाउ, समूह 'सी' मा लाओस, अफगानिस्तान, श्रीलंका र मंगोलिया तथा समूह 'ई' मा फिलिपिन्स, तुर्किमिनिस्तान, कम्बोडिया र ब्रुनाइ छन् ।

प्रकाशित मिति: २०६९ मंसिर २७ ०९:०९

तपाईंको प्रतिकृया


कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: Comments containing abusive words or slander shall not be published.

Today's Paper Epaper - Kantipur Daily 2014-4-25
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अबिन

उइलेको दिवसाँ 'संविधान छिट्टै दिन्छु’ भन्याथेँ अइले नि त्यै भन्छु !... किनभने म अरुजस्तो कुरा फेरी हिँड्ने नेता हैन !

विज्ञापन

Travel de society Travel USA Radio Kantipur
  हाम्रा प्रकाशनहरु :
Our Publication