काठमाडौ, मंसिर २६ -
अनील मण्डलले नटआउट १ सय ६ रनको योगदान गरेपछि पेप्सी स्ट्यान्डर्ड चाटर्ड वान-डे राष्ट्रिय क्रिकेटमा क्षेत्र नम्बर-७ जनकपुरले मंगलबार विजयी सुरुआत गरेको छ । कीर्तिपुर मैदानमा भएको खेलमा उसले क्षेत्र-३ काठमाडौंमाथि ३ विकेटको जित दर्ता गर्यो । अर्को खेलमा क्षेत्र नम्बर-८ पोखराले ऐतिहासिक जित हात पारेको छ । राष्ट्रिय टिम सदस्य राहुल विकले अलराउन्ड प्रदर्शन गरेपछि पोखराले राष्ट्रिय क्रिकेटमा पहिलो जित दर्ता गर्दै क्षेत्र नम्बर-१ विराटनगरमाथि ७ विकेटको जित हासिल गर्यो । पोखरा र जनकपुरको यो दोस्रो सहभागिता हो । पहिले ब्याटिङ गरेको काठमाडौंले ४६ ओभर २ बलमा अलआउट हुँदै १ सय ८५ रन बनायो । उसका लागि नीरज भट्टराईले ३८ तथा प्रसन्न शाक्यले ३६ रनको योगदान गरे । जनकपुरका राज मोहम्मद र कुमार प्रसुनले दुई/दुई विकेट लिए । जवाफमा जनकपुरले ४३ ओभर २ बलमा सात विकेट गुमाउँदै १ सय ८८ रन बनायो । जनकपुरको इनिङ अनीलमा केन्दि्रत रह्यो । म्यान अफ द म्याच अनीलले १ सय १६ बलको सामना गर्दै नटआउट १ सय ६ रन बनाए । इनिङको सुरुआत गरेका उनले १ सय ४६ मिनेट क्रिजमा टिक्दै १ सय १२ बलमा शतक पूरा गरेका थिए । उनीबाहेक चन्दन झा र राज मोहम्मदले समान २२ रनको योगदान दिए । पुल्चोकमा पोखरालाई ऐतिहासिक जित दिलाउन अलराउन्ड प्रदर्शन गरेका राहुलले चार विकेट लिनुका साथै नटआउट ३९ रनको योगदान दिएका थिए । पहिले ब्याटिङ गरेको विराटनगरले ४० ओभर ४ बलमा १ सय ६७ रन मात्र बनायो । एपीएफ छाडेर विराटनगरका लागि खेलेका मेहबुब आलमले सर्वाधिक ३६ रन बनाए भने पुष्प थापाले ३४ रन जोडे । प्रत्युत्तरमा पोखराले ४१ ओभर ३ बलमा तीन विकेट गुमाउँदै १ सय ७० रन बनायो । विजयी टिमका लागि निश्चल पाण्डे र अर्जुनराज अधिकारीले पहिलो विकेटका लागि ७८ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुआत गरे । निश्चलले ४ रन बनाए भने अर्जुन अर्धशतक पूरा गर्न एक रनले चुके । उनले ८७ बलमा ४९ रन बनाए । त्यस्तै, कप्तान दीपेश खत्रीले नटआउट २६ रन बनाए ।
प्रकाशित मिति: २०६९ मंसिर २७ ०९:०९
तपाईंको प्रतिकृया
Today's Paper
The Kantipur in Print
FROM THE PAST 7 DAYS
ENTER KEYWORD OR DATE
अविन
म त कहीं जागिर मिलाइदेला कि भनी आ’ !... अनि तपैं नि ?