काठमाडौ, मंसिर २६ -
सन्तोष साहुखलको ह्याटि्रकसँगै थ्री-स्टारले रोमाञ्चक खेलमा हिमालयन शेर्पालाई हराएर लगातार चौथो जित मंगलबार आत्मसात् गरेको छ । योसँगै दुवै -सन्तोष र थ्री-स्टार) ले लयमा फर्केको संकेत दिएका छन् ।
सरस्वतीसँग स्तब्ध हुँदै लिग सुरु गरेको थ्री-स्टार शीर्षस्थानको मच्छिन्द्रसँग एक अंक नजिक पुग्यो । पाँचौं चरणको समाप्तिमा १३-१३ अंक जोडे पनि गोल अन्तरमा आरसीटीलाई उछिनेको मच्छिन्द्र लिगको पहिलो स्थानमा छ । आरसीटीले मंगलबारको पहिलो खेलमा जावालखेलमाथि १-० को कठिन जित निकाल्दै अपराजित यात्रा कायम राख्यो ।
स्टारहरूले भरिएको थ्री-स्टार लिगअघि राम्रो लयमा थिएन । बि्रटिश गोर्खा कपको उपाधिमा ह्याटि्रक गर्न चुक्यो । एनसेल कपमा त समूह चरण नै पार गर्न सकेन । थ्री-स्टारको खस्कँदो स्तरसँगै स्ट्राइकर सन्तोषले पनि गोल गर्न बिर्सन थालेका थिए । उनले नै ५ मिनेटको इन्ज्युरी टाइम सकिन २० सेकेन्ड अघि निणर्ायक गोल गरेपछि थ्री-स्टारले हिमालयनमाथि कठिन जित निकाल्यो ।
चारमध्ये ३ अवसरमा सन्तोषले गोल गरे । थ्री-स्टारको खेलमा पनि निखार आएको देखियो । त्यसैले लगातार चार जितसँगै सन्तोष र थ्री-स्टारले राम्रो लय फर्केको संकेत दिए । 'यो लय कायम राख्दै लिग जित्न चाहन्छौं,' थ्री-स्टार कप्तान सन्तोषले भने । ह्याटि्रकसँगै लिगमा उनको ५ गोल भयो । वि.सं. २०६० मा लिग खेल्न थालेयता ७२ गोल गरेका उनले भने, 'छिट्टै सय गोल पुर्याउने चाहना छ ।'
सयौं गोल गणेश खड्काले १८ यार्ड लाइनबाट लोभलाग्दो गोल गरेपछि हिमालयनले अग्रता लियो । सामुएल मुबिरुको पासमा उनको 'वान टच शट' दर्शनीय थियो । त्यो गोलसँगै ३९ औं संस्करणको लिगमा सय गोल पूरा भयो ।
पहिलो हाफको इन्ज्युरी टाइममा सन्तोषले 'ब्याक हिल' गोल गरेपछि थ्री-स्टार १-१ मा पुग्यो । उनले गोलकिपर अमृत चौधरी र डिफेन्डर विश्वास श्रेष्ठलाई छक्याउँदै गोल गरेपछि थ्री-स्टार ५० औं मिनेटमै २-१ ले अघि बढ्यो । हिमालयनमा गणेशले ५६ औं मिनेटमा प्राप्त प|mी-किकमा ३५ यार्डबाट प्रहार गरेको बललाई क्लियर गर्ने प्रयासमा जीन रुबेनले आफ्नै पोस्टको दिशा दिएपछि खेल २-२ भयो ।
बराबरीउन्मुख खेलमा हिमालयनका सामुएलले गलत तरिकाले 'थ्रु' फाले । त्यसमा सन्दीप राईको थ्रुमा जोसुआले क्रस गरेको बललाई सन्तोषले हेड गर्दै थ्री-स्टारलाई ३-२ ले जिताए । यसपल्टको लिगमा ह्याटि्रक गर्ने उनी पहिलो नेपाली हुन् ।
'मेहनतको फल प्राप्त भयो,' थ्री-स्टार प्रशिक्षक प्रदीप हुमागाईंले भने, 'खेलाडीसँगको समझादारी राम्रो भयो ।' उनले रणनीति परिवर्तन गर्दै अन्त्यतिर ३ स्ट्राइकर खेलाएका थिए । 'त्यो रणनीति उपयोगी बन्यो,' उनले भने ।
बाहिर निस्केपछि रेपि|mको संकेतबिना नै मैदानमा प्रवेश गरेका होप र्याली ७६ औं मिनेटमा दोस्रो पहेंलो कार्ड बेहोर्दै बाहिरिएपछि हिमालयन दस खेलाडीमा सीमित भएको फाइदा पनि थ्री-स्टारलाई भयो । ठीक उस्तै अवस्थामा प|mेन्ड्सविरुद्धको खेलमा थ्री-स्टारका विराज महर्जनलाई कार्ड नदिएकोमा हिमालयनका प्रशिक्षक मेघराज केसीले आक्रोश पोखे, 'राष्ट्रिय खेलाडी भन्दैमा छुट दिनुहुन्न । त्यो नियम क-कसलाई लाउने हो ? एन्फा र रेप|mीले जवाफ दिनुपर्छ ।'
आरसीटी अपराजित आकर्षक खेल पस्कन असफल भए पनि ६ पल्टको विजेता आरसीटीले जावलाखेललाई १-० ले पन्छाउँदै अपराजित यात्रा जारी राख्यो ।
डिफेन्डर नुरराज काफ्लेले ४२ औं मिनेटमा दोस्रो पहेंलो कार्ड बेहोरेपछि दस खेलाडीमा सीमित आरसीटीको लागि अमर डंगोलले निणर्ायक गोल गरे । ओलावाले आफिजको आकर्षक मुभमा उनले ५३ औं मिनेटमा गोल गरेका थिए । लिगमा उनको यो पाँचौं गोल हो ।
जोन डिकेले ६५ औं मिनेटमा हानेको प|mी-किकमा बल क्रस बार चुम्दै र्फकनु जावलाखेलको दुर्भाग्य थियो । आरसीटीका कप्तान एवम् गोलकिपर दिलीप क्षेत्रीले पनि केहि राम्रो बचाव गरे । 'राम्रो नखेले पनि भाग्यले साथ दियो,' आरसीटी प्रशिक्षक मधुले भने । यसपल्टको सबैभन्दा राम्रो खेल पस्केपनि 'किलिङ जिल' भएका खेलाडी नभएकाले हार्नुपरेको जावलाखेलका प्रशिक्षक किशोर केसीले बताए ।