Kantipur

Kantipur

मिति | २०७१ वैशाख ११, बिहीवार     Login | Register
पाठक पत्र»

पाठक मञ्च

मंसिर २६ -
प्याकेज डिलको रटान किन ?

हरि रोकाको 'संकटको निकास ः प्याकेज डिल' लेख पढेपछि उहाँ एकीकृत माओवादीको प्रवक्ता भएजस्तो लाग्यो । संविधानसभा सक्रिय भएका बेला त प्याकेज डिल हुनसकेन, अहिले कसरी हुनसक्छ ? संविधानसभाको निर्वाचन र विघटनपछि वाग्मतीमा धेरै पानी बगिसकेको छ । अहिले थुप्रै युवा बालिक भैसकेका छन् । उनीहरूको सोचाइ र विचार नयाँ तथा फरक-फरक हुनसक्छ । विघटित संविधानसभाबाट सहमति भएका विषयहरू कतिपय विवादित छन् । प्रत्यक्ष निर्वाचित राष्ट्रपति, सेरेमोनियल हुने र संसदबाट निर्वाचित प्रधानमन्त्री कार्यकारी हुने जस्ता सहमतिहरू धेरै युवालाई मनपरेको छैन । प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्री जो भए पनि उही नै कार्यकारी प्रमुख हुनुपर्छ भन्ने धेरै युवाको मत छ । गहन अध्ययन गर्ने हो भने यस्ता विषयहरू धेरै भेटिन्छन् । संविधानसभाको पुनःनिर्वाचन हुने भएपछि जस-जसलाई जनताले चुन्छन्, तिनै-तिनैले नै संविधान बनाउँछन् । यसमा तर्क-वितर्क गर्ने विषय नै रहेन । अहिलेको जनताको चाहना भनेको संविधान निर्माण गर्नु नै हो, त्यो पनि संविधानसभाको निर्वाचनबाट । संविधानसभाको निर्वाचन गर्न सहमतिको सरकार चाहिन्छ । सबै कुरा चरणबद्ध हुँदै जान्छ । संविधान नबन्दासम्म हरेक चरणमा जुनबेला समस्या आउँछ, त्यसैबेला सहमति गरी अगाडि बढ्नुपर्छ । किन प्याकेज डिलको रटान लिनुपर्‍यो ?

- शंकरप्रसाद गौतम

गुल्मी



 ँट्याग राइटर’ को बोलवाला

मलाई विश्वास छ, यो लेख पक्कै पनि कान्तिपुर दैनिकमा प्रकाशित हुँदैन । प्रस्टै छ, यो लेख लेख्ने व्यक्तिको नामको पुच्छरमा कुनै 'ट्याग' लागेको छैन । 'ट्याग'धारी लेखकको दाँजोमा अन्य लेखकको स्थान गौण मानिन्छ । लेख, टिप्पणी, विचार जस्तोसुकै किन नहोस्, उसको नामको पुच्छरमा एउटा पद झुन्डिएपछि पर्याप्त हँुुदोरहेछ । अस्ति भर्खरमात्र कान्तिपुर दैनिकमा एक पूर्वसभासदको लेख प्रकाशित भयो, उक्त लेख प्रकाशित हुनुभन्दा पाँच दिन पहिले एक मित्रले सोही विषयसँग मेल खानेगरी निकै मिहिनेत गरेर लेख पठाएकी थिइन् । लेख पठाएपछि पत्रिका दिनहुँजसो हेरिन्, तर प्रकाशित भएन । पाँचौ दिनमा ती मित्रकै विषयसँग मेल खानेगरी भूपू सभासदको लेख प्रकाशित भयो । सरसर्ती लेख पढियो, लेखमा खासै फरक थिएन, बरु उनको स्तरीय नै थियो होला, तर पनि पत्रिकामा प्रकाशित भएन । कारण स्पष्टै थियो, नयाँ लेखिका बन्न जुर्मुराएकी ती मित्रको पुच्छरमा कुनै ट्याग थिएन ।

एउटा कोही ट्याग भिरेको लेखकले सामान्य कुरा लेखेको भए पनि उसले पत्रिकामा राम्रो स्थान पाउँछ, नयाँ गैरट्यागधारी लेखकले निकै मिहिनेत गरेर लेख पठाउँदा सानो कोलमको पाठक पत्रमा लेखकले भन्न खोजेको भाव नै उल्टो हुनेगरी एक अंशमात्रै प्रकाशित गरिएको हुन्छ । दस रुपियाँ तिरेर पत्रिका किन्ने पाठकले दस रुपियाँ मूल्य बराबरको विषयवस्तु पनि पढ्न चाहेको हुन्छ । एउटै अनुहार हप्ता दस दिन विराएर फेरि उनकै पुरानै ढर्राका विचार कति पढ्नु ?

- यमुना अर्याल

काठमाडौं



 हेटौंडा औद्योगिक क्षेत्रको नाटक

दाङको घोराहीमा अवस्थित दीपशिखा आवासीय उच्च माध्यमिक विद्यालयले कक्षा ८, ९ र १० का छात्रछात्राहरूलाई विभिन्न ठाउँमा भ्रमणका लागि लैजाने गर्छ । कक्षा १० को सन्दर्भमा भने सामाजिक विषयको प्रोजेक्ट वर्क भएकाले प्रत्येक वर्ष दार्जिलिङ, इलाम, धरान, धनकुटा, कोशी क्षेत्र, जनकपुर र एउटा औद्योगिक क्षेत्रको भ्रमण अवलोकन गर्ने योजना तय भए अनुसार भ्रमणको अन्तिम दिन हामीले हेटौंडा औद्योगिक क्षेत्रलाई रोजेका थियौं । हामी त्यस क्षेत्रमा प्रवेश गर्‍यांै । हामीसँग विद्यालयको सिफारिस पत्र पनि थियो । तर कतै नभएको जात्रा हाँडी गाउँमा भनेझैं त्यहाँका प्रत्येक उद्योगको गेटनेर अर्को व्यवस्था नभएसम्मका लागि चन्दा तथा उद्योगको निरीक्षण तथा अवलोकन गर्न बन्द गरिएको व्यहोरा ठूलठूला अक्षरमा लेखेको बोर्ड झुन्ड्याइएको थियो । तैपनि मिलिहाल्छ कि भनेर हामीले एक-दुई ठाउँमा प्रयास गर्‍यांै । सिफारिस पत्र देखायांै, तर हाम्रो प्रयास व्यर्थ भयो । हामी त्यहाँबाट निराश भएर फर्कियौं । यसरी अध्ययन भ्रमणका लागि छिमेकी मुलुकसम्म निर्धक्कसाथ घुम्ने र लाखौं खर्चिने हामी आफ्नै देशका उद्योगधन्दा, कलकारखानाको अध्ययन, अनुसन्धान गर्न नपाइने हेटौंडा औद्योगिक क्षेत्र प्रशासनको नाटक देखेर छक्क पर्‍यौं ।

- दीपशिखा आवासीय उच्च मा.वि.का छात्रछात्रा

दाङ, घोराही



 प्रोत्साहन नगरौं

धरौटी बापतको २८ हजार तिर्न नसकेपछि पदम कुँवरलाई जेल चलान गरिएको खबर सार्वजनिक हुनासाथ उक्त रकम तिरिदिने व्यक्तिको ओइरो लाग्यो । देश-विदेशमा रहेका नेपालीहरूले सामुहिक तथा व्यक्तिगत रूपमा तत्परता देखाएको पाइयो । नेताप्रति जनतामा एक खालको निराशा छ । थप्पड हाने लगत्तै समाजमा मिश्रति प्रतिक्रिया आइरहेको थियो । यो संवेदनशीलतालाई प्रशासनले पनि ध्यान दिनुपथ्र्यो । धरौटी तिर्न नसकेर हत्कडी लगाएर जेल चलान गरिएको दृश्यले मानवीय उत्तेजना र सामाजिक सद्भावमा कस्तो खलल पुग्छ भन्ने कुराको अलिकति चेत हुनुपर्ने हो । ज्यान मारेको किटानी जाहेरी भएका व्यक्ति सिंहदरवार छिर्दा फरार अभियुक्तको संज्ञा दिने प्रशासनले नियम र कानुन जानेको भ्रम नपाले हुन्थ्यो ।

यसरी नेतालाई सार्वजनिक स्थानमा हातपात गर्नेलाई छुटाउनका लागि सहयोग गर्नेहरूको जमात बढ्दै जानुले सभ्य समाजको विम्ब दृष्टिगोचर हुँदैन । खासगरी सामाजिक सञ्जालहरूमा यो आक्रोश बढी नै देखिन्छ । दोस्र््ो पुस्ताको मनोविज्ञानको चित्रण हो यो । नेतालाई थप्पड हान्नेहरू रातारात सेलिब्रेटी बन्ने हो भने कल्पना गरौं, भोलिको समाज कस्तो होला ।

- रामबाबु नेपाल

सानोसिरुबारी, सिन्धुपाल्चोक



 माणिकरत्नबारे केही कुरा

गत शनिबारको कोसेलीमा प्रकाशित रमण घिमिरेद्वारा लिखित 'निर्वासनमा माणिकरत्न' रोचक र मार्मिक कथामा मेरो नाम पनि प्रयोगमा ल्याइएकोमा मेरो ध्यान तानिएको छ । ६ दशकको मेरो सांगीतिक जीवनमा पुगनपुग ८०० गीत रेकर्ड भएका छन् । तीमध्ये ६ वटाजति गीतहरू प्रेम-माणिकको संयुक्त संगीतमा माणिकरत्न र मेरो अलग-अलग एकल स्वरमा रेकर्ड भएका छन् । त्यसअघि पछि हाम्रो आआपmनै छुट्टै संगीत हुने गर्थे ।

रमण घिमिरेको कथामा मूलपात्र माणिकरत्नको उदार चरित्रलाई वर्णन गर्ने क्रममा पुस्ट्याइँका लागि अन्य उदाहरणहरूसँगै माणिकरत्नले असंख्य सम्मेलनमा गाएको मुखाग्र भएका अनगिन्ती गीतहरू मैले गाउन चाहेकाले उदारतापूर्वक मलाई दिएर गुण लगाएको प्रसंग साँचो नै भइदिए सबैभन्दा खुुसी म नै हुन्थें । तर यसको उल्टो सन् १९६० मा अल इन्डिया रेडियोमा आपmनै संगीत र आवाजमा मैले रेकर्ड गराएको रत्नशमशेर थापाको 'को होला पारि डाक्ने' बोलको गीत पछि माणिकरत्नले रेकर्ड गराएर डिस्क रेकर्डमा निकालेका थिए । यस्तो अनावश्यक जिक्र गरिरहनुपरेकोमा मलाई दुःख लागिरहेको छ । अर्को काठमाडौंमा आयोजना हुने संगीत सम्मेलनहरूमा माणिकरत्नको सहभागिता एक-दुई ठाउँबाहेक मैले अन्य ठाउँमा देख्ने मौका नपाएको हो वा के हो, सम्मेलनमा उहाँले गाएका अनगिन्ती गीत गाउन भाग्य नजुरेकै हो कि ?

यो लेखमा माणिकरत्नसँग जोडिएका नारायणगोपालका धेरै प्रसंगमा सत्य थोरै भएको मैले पाएको अफसोचका साथ भन्नुपरेको छ । नारायणगोपालसँगको त्यसताकाको सामीप्य राममान तृषित र मेरो बढी भएको उल्लेख म यहाँ गर्वसाथ राख्न चाहन्छु । यो गुरु-चेला र नारायणगोपाललाई माणिकरत्नले ताती गराएर गाउन लगाएको जस्तो कुरा सत्य होइन । राष्ट्रिय नाचघर -सांस्कृतिक संस्थान) मा नारायणगोपाललाई जागिर ख्वाउन माणिकरत्नले भरमग्दुर कोसिस गरेको प्रसंग हास्यास्पद छ । जनार्दन समलाईर् तत्कालीन राष्ट्रिय नाचघरको महाप्रबन्धक भनी उल्लेख गरिएको छ । जब कि जनार्दन सम उक्त ओहदामा कहिल्यै रहनुभएन । २०२१ सालसम्म १४ वर्ष रेडियो नेपालमा सेवारत रहेपश्चात् उहाँं संस्कृति विभागका निर्देशकसम्म हुनुभयो र पछि सञ्चार मन्त्रालयमा सेवारत रही २०३७ सालमा सेवा निवृत्त हुनुभएको थियो । सायद संस्कृति विभागमा जर्नादन समजी कार्यरत हुँदा उहाँलाई माणिकरत्नले चाकडी बजाउनुभएको हो कि ?

- प्रेमध्वज प्रधान



संवाददाताको भनाइ ः यो लेख माणिकरत्नसँग गरिएको कुराकानीमा आधारित भएकाले यसमा व्यक्त कुरा उनकै हुन् । जनार्दन सम संस्कृति विभागमा भएको तर सांस्कृतिक संस्थानमा नभएको भन्ने प्रसंगमा भने पहिले सांस्कृतिक संस्थानलाई नै संस्कृति विभाग भनिन्थ्यो ।

 सहमति

नेपालको सहमति

झरेको सहमति

नेताको सहमति

सरेको सहमति

स्वार्थीको सहमति

टिठलाग्दो सहमति

हाँसोलाग्दो सहमति

ओहो ! यो सहमति

बन्न नसकेको सहमति

एकतामा बन्न नसकेको सहमति

गन्न नसकिने सहमति

उफ ! दिक्कलाग्दो सहमति

मन पाक्दो सहमति

विवशको सहमति

रिसइबीको सहमति

भ्रष्टपतिको सहमति

प्रधानमन्त्रीको सहमति

तीन दिनमा सहमति

सात दिनमा सहमति

कुराको सहमति

मुटु छेड्ने छुराको सहमति

सहमति, सहमति जताततै सहमति नै सहमति

कति महान छ, यो सहमति शब्द

सहमति शब्द छ र त नेता छन्

नेता छन् र त सहमति शब्द छ

देश सहमति शब्दमै अडेको छ

अनि सहमति देशमै अडेको छ

चड्कन खाने नेता हुन् या

हचुवा बास्ने नेता

सबैको मुखले सहमति बकेको छ

जे कुरामा पनि जुन कुरामा पनि सहमति

पत्रिकाको सधैको हेडलाइन पनि सहमति

जता आँखा लग्यो, उतै सहमति

जत्ता सुन्यो, उतै सहमति

हत्तेरी ! यो सहमति शब्द कस्तो चर्चित भएको

विचरा ! त्यस्तै दुर्गति पनि

मेरा आँखा थाकिसकेका छन्

कान पाकिसकेका छन्

यो शब्द पढ्दा, सुन्दा, देख्दा

त्यसैले विन्ती दुई करोडको भिडकी म पीडितको

आवाज सुनेर अब यो शब्द बकबकाउन

र भकभकाउन छोडिदिनुस् ।

- सम्झना धौलाकोटी

पोखरा-१, बगर

प्रकाशित मिति: २०६९ मंसिर २७ ०९:०३

तपाईंको प्रतिकृया


कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: Comments containing abusive words or slander shall not be published.

Today's Paper Epaper - Kantipur Daily 2014-4-24
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अबिन

काम्रेड नेपाल, नेता नेपाल, पुरानै नेपाल... यतिका शब्द हुँदाहुँदै जान्ने भ’र ह्याँ किन 'नयाँ नेपाल’ राख्नु भा’ ?

विज्ञापन

Radio Kantipur Rakshya Travel
  हाम्रा प्रकाशनहरु :
Our Publication