न्युयोर्क, मंसिर २६ -
अभिनेत्री मनीषा कोइरालाको पाठेघरको शल्यक्रिया भर्खरै सम्पन्न भएको छ । स्थानीय समय मुताविक सोमबार राति साढे ११ बजे अर्थात् नेपाली समय मंगलबार बिहान सवा १० बजे शल्यक्रिया पूरा भएको थियो । म्यानहाटन स्थित मेमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टरमा ४२ वषर्ीया कोइरालाको शल्यक्रिया चिकित्सक डेनिस चीले गरेका थिए । शल्यक्रिया साढे ६ घन्टाभन्दा बढी चलेको थियो । ची, न्युयोर्ककै नामी 'ओभोरियन क्यान्सर' रोग विशेषज्ञ हुन् । झन्डै एक सय ३० वर्ष पहिले स्थापना भएको मेमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टर, विश्वमै प्रसिद्वि कमाएको क्यान्सर अस्पताल हो । शल्यक्रिया सम्पन्न भए पनि परिवारका सदस्यहरूलाई मनीषासँग तत्काल भेट्न भने दिइएको छैन । केही साता मनीषा अस्पतालमै रहनेछिन् । समाचार स्रोतका अनुसार चिकित्सक चीले परिवारका सदस्यहरूसँग शल्यक्रियापूर्वको कुराकानीमा आफू अप्रेसन कक्षबाट दुई घन्टाभित्रमै बाहिर आए, बिरामीको अवस्था नराम्रो रहेको अनुमान गर्नु । यदि ६/७ घन्टा लगाएर फर्किएँ भने अप्रेसन राम्रो भयो भनेर सोच्नु' भनेका थिए ।
शल्यक्रिया लामो हुनुको अर्थ यो स्टेजको बिरामीको सबै समस्याको निदान सकेर आफू फर्किएको ठान्नु भन्दै चिकित्सक ची अप्रेसन कक्षभित्र गएका थिए । निर्धारित तालिका अनुसार सोमबार मध्याह्न १२ बजे गर्ने भनिएको मनीषाको शल्यक्रिया झन्डै पाँच घन्टापछि सुरु भएको थियो । मनीषाभन्दा पहिले पालो रहेको बिरामीको शल्यक्रियामा केही ढिलाइ भएपछि उनलाई साँझ ५ बजे अप्रेसन कक्षभित्र लगिएको थियो । क्यान्सर सेन्टरमा सोमबार बिहानैदेखि रहेकी मृदला कोइरालाले ई-कान्तिपुरलाई दिएको जानकारी अनुसार अप्रेसन कक्षभित्र जाने क्रममा मनीषाले आपmनो चिन्ता नगर्न अनुरोध गरेकी थिइन् । हात हल्लाउँदै मनीषाले भनेकी थिइन्, 'आई विल बी ब्याक सुन । डोन्ट वरी ।' क्यान्सर सेन्टरको शल्यक्रिया कक्ष बाहिरको प्रतीक्षालयमा रहेका मनीषाका बाबु, आमा र भाइका अतिरिक्त उनी फुपू चेतना दीक्षित केही चिन्तित देखिए पनि मनीषाले स्थितिलाई सामान्य लिएको र आफू चाँडै स्वस्थ हुने बताएकी परिवारिक सदस्य रहेकी मृदुलाले बताइन् । १३ दिनअघि मुम्बईमा अकस्मात् बेहोस भएपछि स्थानीय जसलोक अस्पतालले उनीलाई पाठेघरको क्यान्सर भएको जनाएको थियो । त्यसपछि उनलाई न्युयोर्क ल्याइएको थियो ।
प्रकाशित मिति: २०६९ मंसिर २७ ०८:५९
तपाईंको प्रतिकृया
Today's Paper
The Kantipur in Print
FROM THE PAST 7 DAYS
ENTER KEYWORD OR DATE
अविन
म त कहीं जागिर मिलाइदेला कि भनी आ’ !... अनि तपैं नि ?