Kantipur

Kantipur

मिति | २०७१ वैशाख ५, शुक्रबार     Login | Register
कला र शैली»

किम्फ समापन

  • लाहुरे कथा नै उत्कृष्ट
काठमाडौ, मंसिर २६ -
बेलायती सेनाका लागि नेपालमा गरिने छनौट प्रक्रियाका बारेमा क्याम्पभित्र हुने गतिविधिलाई समेटेर तयार पारिएको केसाङ छेतेन निर्देशित डकुमेन्ट्री 'हु विल बी अ गोर्खा ?' ले दसौं काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव -किम्फ) मा उत्कृष्ट भएको छ । अत्यधिक दर्शक चाप खेपेको उक्त डकुमेन्ट्रीको महोत्सवमा अतिरिक्त शो समेत गर्नुपरेको थियो । दर्शकबाट अत्यधिक रुचाइएको लाहुरे छनौटको उक्त कथालाई किम्फ जुरीले पनि रुचाएका हुन् । महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा स्वदेशको एक्लो प्रतिनिधित्व गरेको उक्त डकुमेन्ट्रीले बाँकी १७ प्रतिस्पर्धीलाई उछिन्दै एक हजार पाँच सय डलर जितेको छ । निर्देशक केसाङले पब्लिक च्वाइस अवार्डका लागि पनि उक्त डकुमेन्ट्रीबाट अवार्ड थापे । जोन पोर्टर सहितको तीन सदस्यीय जुरीले पोल्यान्डको फिल्म 'आर्ट अफ पि|mडम' लाई दोस्रो घोषित गर्‍यो । मारेक क्लोसोबीच र वोज्सिच सोटाको संयुक्त निर्देशन रहेको उक्त फिल्मले एक हजार डलर जित्यो । फिल्मले पोलिस पर्वतारोहीको एक बिन्दास टोलीका जीवनशैलीलाई रोचक ढंगले दर्साएको छ । तेस्रो स्थानमा भने संयुक्त रूपमा दुई फिल्म परे । शिक्षालाई मुख्य विषय बनाइएको महोत्सवमा म्यारिआने चौदको 'नोम्याडिक नाइट्स' र पि|mजोफ केजारेंगको 'द स्नो केभ म्यान' ले तेस्रो हुँदै पाँच सय डलर पुरस्कार प्राप्त गरे । प|mान्सको 'नोम्याडिक नाइट्स' ले जीवन धान्ने बाध्यताले आफ्नो गाउँ, समुदाय छोडेर सहर छिर्नु पर्दाको पीडालाई झल्काएको छ भने नर्वेको फिल्म 'द स्नो केभ म्यान' ले भने स्वेच्छाले सहर छोडेर हिमाली क्षेत्रको भ्रमणमा निस्केको एक युवकको यात्रालाई समेटेको छ ।

त्यसैगरी, नेपाल पानोरामा अन्तर्गत प्रतिस्पर्धी पाँच फिल्मबाट फिक्सन र डकुमेन्ट्री गरी दुई उत्कृष्ट फिल्म घोषणा गरिएको थियो । उत्कृष्ट फिक्सन हुँदै असीम चित्रकारको 'हरी' ले २५ हजार रुपैयाँ पायो । उक्त प्रोत्साहन पुरस्कार चलचित्र विकास बोर्डका कर्मचारी आनन्द घिमिरेले हस्तान्तरण गरेका थिए । उत्कृष्ट डकुमेन्ट्री तर्फ भने 'काँडामाडौं' ले बाजी मार्‍यो । रमेश खड्का निर्देशित उक्त डकुमेन्ट्रीले डोटीको काँडामाण्डौंका बासिन्दा कामको सिलसिलामा बम्बई जाने र र्फकंदा अन्जानमा एड्स पनि लिएर आउनेबारे देखाउन खोजेको छ । सन् २००० देखि निरन्तर चल्दै आएको किम्फमा यस पटक २८ देशका ६२ फिल्म प्रदर्शनका लागि छानिएका थिए । स्पेसल मेन्सन अवार्ड तीन फिल्म 'ह्वाट ह्यापन्ड अन पाम आइल्यान्ड', 'डिप सी अन्डर द पोल' र 'वेकिङ द गि्रन टाइगर' ले पाए ।

प्रकाशित मिति: २०६९ मंसिर २७ ०८:५८

तपाईंको प्रतिकृया


कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: Comments containing abusive words or slander shall not be published.

Today's Paper Epaper - Kantipur Daily 2014-4-18
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

उऽऽ त्यो 'बिजुली छैन’ लेख्या उर्जा मन्त्रालय !... 'पेर्टोल छैन’ लेख्या आपूर्ति ...अनि 'किताप छैन’ चैं शिक्षा !

विज्ञापन

New Year Suppliment 2071 Radio Kantipur Rakshya Travel
  हाम्रा प्रकाशनहरु :
Our Publication