काठमाडौ, मंसिर २६ -
ट्राफिक नियम उलंघन गर्ने चालकलाई कारबाही गर्न मंगलबारदेखि सादा पोशाकका प्रहरी सडकमा खटिएका छन् । उपत्यकाको सवारी आवगमन व्यवस्थित गर्न ट्राफिक प्रहरी महाशाखाले विशेष अभियान अन्तर्गत सादा पोशाक ट्राफिक परिचालन गरेको हो । उपत्यकाको तीनै जिल्लामा मंगलबार गल्ती गर्ने ४ सय ३ जना कारबाहीमा परेका छन् । महाशाखाका प्रवक्ता डीएसपी पवन गिरीका अनुसार लेन अनुशासन पालना नगर्ने २ सय १५ लाई कारबाही गरिएको छ । जथाभावी पिक एण्ड ड्रप गर्नेमा ५६, रातो बत्तीमा नरोक्ने ६५, मोबाइल फोन प्रयोग २४, सिटबेल्ट नबाध्ने २६, ईसारा उल्घंन ५, क्षमताभन्दा बढी यात्रु राख्ने ९ र स्वरुप परिवर्तन गर्ने ३ जना चालक कारबाहीमा परेका छन् । सरकारी सवारीका चालक पनि कारबाहीमा परेको ट्राफिकले जनाएको छ ।
प्रकाशित मिति: २०६९ मंसिर २७ ०८:५७
तपाईंको प्रतिकृया
Today's Paper
The Kantipur in Print
FROM THE PAST 7 DAYS
ENTER KEYWORD OR DATE
अविन
म त कहीं जागिर मिलाइदेला कि भनी आ’ !... अनि तपैं नि ?