Kantipur

Kantipur

मिति | २०७० असार ४, मंगलवार     Login | Register
क्षेत्रीय»

अभियानकै बेला ३ हजारमाथि हिंसा

काठमाडौ, मंसिर २६ -
हिंसा विरुद्धको १६ दिने अभियान मनाइरहेका बेला तीन हजारभन्दा बढी महिलाले हिंसामा परेको भन्दै उजुरी दिएका छन् । नेपाल प्रहरी, महिला आयोग र काठमाडौं जिल्ला अदालतमा उनीहरूले यस्तो उजुरी दिएका हुन् । अभियान चलिरहेका बेला राष्ट्रिय महिला आयोगमा १ सय ७१ वटा, प्रहरी प्रधान कार्यालयमा ३ हजार ३ सय ४३ र काठमाडौं जिल्ला अदालतमा २ सय ३६ वटा उजुरी दर्ता गरिएका हुन् । जसमध्ये २ हजार ३ सय ४८ वटा घरेलु हिंसाका उजुरी छन् । '१६ दिन भित्रको यो दर्दनाक तथ्यांक हो,' सञ्चारिका समूहले मंगलबार आयोजना गरेको 'लैंगिक हिंसा अन्त्यका लागि शून्य सहनशीलता' विषयक गोष्ठीमा बोल्दै महिला आयोगकी सदस्य मोहना अन्सारीले भनिन्, 'प्रधानमन्त्री कार्यालयमा महिला हिंसाको उजुरी सुन्ने इकाई छ तर जो कोही महिला त्यहाँसम्म पुग्ने वातावरण छैन ।' उनका अनुसार पीडितको बयानलाई प्राथमिकतामा नराखिँदा बलात्कृत महिलाले पटक/पटक प्रहरी प्रशासन र अदालतमा बलात्कार भएको सुनाउँदै हिँड्नुपर्ने बाध्यता छ । गत नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइएको अभियानको अन्त्यमा आयोजित कार्यक्रममा सदस्य अन्सारीले महिला हिंसा अन्त्यका लागि प्रहरीको महत्त्वपूर्ण भूमिका हुने बताइन् । महानगरीय प्रहरी आयुक्तको कार्यालयका एआईजी नवराज ढकालले महिला हिंसाविरुद्धको अभियानलाई सशक्त बनाउने बताए । महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन 'प्रशिक्षण कार्यक्रम, आफूभित्रकै दक्षता अभिवृद्धि, सचेत र कर्तव्यबोध बनाउन संगठन लागि परेको छ,' उनले भने । सचिव लीलामणि पौडेलले हिंसा अन्त्यका लागि सरकार र गैर सरकारी संघ-संस्थाबीच साझेदारी गर्दै अगाडि बढ्नु जरुरी भएको बताए ।

प्रकाशित मिति: २०६९ मंसिर २७ ०८:५७

तपाईंको प्रतिकृया


कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: Comments containing abusive words or slander shall not be published.

Today's Paper Epaper - Kantipur Daily 2013-06-18
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

चार दल र चार गते... उस्तै सुनियो !... तेत्तीस गते भन्नुभा भे कति राम्रो सुनिन्थ्यो !

विज्ञापन

Zen Travels Travel de society Travel USA Radio Kantipur British College Rakshya Travel Election Commission Nepal
  हाम्रा प्रकाशनहरु :
Our Publication