Kantipur

Kantipur

मिति | २०७१ वैशाख ६, शनिबार     Login | Register
क्षेत्रीय»

आज सद्बीज छरिँदै

काठमाडौ, मंसिर २६ -
वर्षभरि दिवंगत भएका आफन्तको सम्झनामा पशुपति क्षेत्रको श्लेष्मान्तक वनमा सद्बीज छरेर परिक्रमा गर्दै बुधबार बालाचतुर्दशी पर्व मनाइँदै छ । त्यसका लागि हजारौं मानिस मंगलबार राति नै आई कैलाश डाँडा, ठूलो महास्नानघर, घ्याम्पो पाटी, बज्रघर, राममन्दिर, राजराजेश्वरी, वाग्मतीपारि, नासलचोक लगायत ठाउँमा महादीप बाली जाग्राम बसिरहेको पशुपति अमालकोका द्वारे पूर्ण डंगोलले कान्तिपुरलाई बताए । प्रत्येक वर्ष मंसिर कृष्ण चतुर्दशीका दिन छरेको सद्बीज दिवंगत भएका आफन्तले खान पाउँछन् भन्ने विश्वास छ । बिहान सबेरैदेखि नै सद्बीज भनेर जौ, धान, कालो तिल, गहुँ, तोरी, मास सानो केराउ, लावा र मुला, ज्यामिर, सखरखण्ड, पिँडालु र हलेदोका टुक्राहरू छर्दै पशुपति क्षेत्रमा देवीदेवताका मन्दिरहरू परिक्रमा गर्ने गरिन्छ । बालाचतुर्दशीकै क्रममा मंंगलबार मध्यरातमा विष्णुमती किनारामा रहेको इन्द्रायणी मन्दिर सामुन्ने रहेको यज्ञकुण्डमा सर्पाहुति यज्ञ गरिनेछ ।

प्रकाशित मिति: २०६९ मंसिर २७ ०८:५६

तपाईंको प्रतिकृया


कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: Comments containing abusive words or slander shall not be published.

Today's Paper Epaper - Kantipur Daily 2014-4-18
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

उऽऽ त्यो 'बिजुली छैन’ लेख्या उर्जा मन्त्रालय !... 'पेर्टोल छैन’ लेख्या आपूर्ति ...अनि 'किताप छैन’ चैं शिक्षा !

विज्ञापन

New Year Suppliment 2071 Radio Kantipur Rakshya Travel
  हाम्रा प्रकाशनहरु :
Our Publication