Kantipur

Kantipur

मिति | २०७० जेष्ठ १०, शुक्रबार     Login | Register
देश»

मुसहर बस्तीको बिजोग

  • जाडोमा परालको सहारा
चैनपुर -पर्सा, मंसिर २६ -
लिपनीमाल ९, चैनपुर रामटोलकी ४५ वषर्ीया लखपतिया माझी मंगलबार बिहान घरमा पराल उधिनेर सुकाउँदै थिइन् । 'हामी दलितको सिरक र डस्ना पराल हो ।' जाडोले काम्दै उनले भनिन्, 'राति ७ जनाको परिवार परालमा सुत्यौं, परालै ओढ्यौं ।' दलित मुसहर र चमार समुदायको बसोबास रहेको टोलमा बिहान ८ बजेसम्म बालबालिका परालको डस्ना सिरकमा सुतिरहेका थिए । केही वयस्क तथा बालबालिका भने जाडो छल्नका लागि पराल बालेर आगो ताप्दै थिए । 'सात जनाले परालको भरमा रात कटायौं,' स्थानीय रामजी माझीले भने, 'आजसम्म सिरक डस्नाको मुख देखेका छैनौं ।'

२५ घरधुरी मुसहर र ९० घरधुरी चमारको बसोबास रहेको बस्तीका अधिकांश घरधुरीमा जाडो छल्ने साधन पराल हो । उनीहरू आगो ताप्न मात्र नभई, राति सिरक र डस्नाको रूपमा समेत पराल प्रयोग गर्छन् । सोमबारदेखि यस क्षेत्रमा सुरु भएको शीतलहरले जनजीवन कष्टकर बनाएको छ । घाम नलाग्दा जाडो छल्ने एक मात्र साधन पराल पनि सुकाउन नपाएपछि चिसो पराल नै उनीहरूको सहारा भएको छ । यसमै मानिस मात्र होइन, घर-घरमा पालेका बाख्रालाई पनि सुताइन्छ ।

'के गर्नु चौपाया पनि जोगाउनै पर्‍यो,' रामजीले भने, 'गाह्रो-साँघुरो पर्दा यिनै बाख्रा बेचेर भए पनि घर चलाउँदै आएका छौं, गरिब र विपन्नको नाममा आउने राहत सधैं सदरमुकाममा बस्ने ठूलाठालुले नै भागबन्डा गरी सिध्याउँछन्, हाम्रो हातमा कहिल्यै पनि राज्यको राहत पर्दैन ।' टोलमा विशेष गरी बालबालिका र वृद्धवृद्धामा जाडोका कारण सर्दी, रुघाखोकी, पखालाजस्ता रोग देखा पर्न थालिसकेको उनले बताए ।

गाउँदेखि पूर्व अधिकांश घर परालले बनेका छन् । सम्पत्तिको नाममा एक टुक्रा घडेरी र त्यसमा रहेको कच्ची घर मात्र रहेका उनीहरू बिहान-बेलुका हातमुख जोर्न गाउँकै उपल्लो जातिकोमा कृषि मजदुरी गर्छन् । कृषि याममा काम पाए पनि त्यसपछिको समय खाली हात बस्ने उनीहरूलाई बिहान बेलुका छाक टार्नसमेत समस्या छ । जिल्लाका अधिकांश गाउँका दलित बस्तीलाई अहिले जाडोले सताउन थालेको छ ।

प्रकाशित मिति: २०६९ मंसिर २७ ०८:४९

तपाईंको प्रतिकृया


कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: Comments containing abusive words or slander shall not be published.

Today's Paper Epaper - Kantipur Daily 2013-05-24
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

रोकिराख्या हैन भन्या !... चढिराख्या बाइक हरायो क्या !

विज्ञापन

Zen Travels Travel de society Travel USA Radio Kantipur British College Rakshya Travel Election Commission Nepal
  हाम्रा प्रकाशनहरु :
Our Publication