Kantipur

Kantipur

मिति | २०७१ वैशाख ३, बुधवार     Login | Register
देश»

पोखरा विश्वविद्यालय आजबाट खुल्ने

लेखनाथ, मंसिर २६ -
कर्मचारी नियुक्तिलाई लिएर उत्पन्न विवादका कारण २३ दिनदेखि बन्द पोखरा विश्वविद्यालय बुधबार खुल्ने भएको छ । कर्मचारी नियुक्ति विरोधमा आन्दोलित नेकपा-माओवादी निकट अखिल क्रान्तिकारी र विश्वविद्यालय प्रशासनबीच मंगलबारको वार्तामा बुधबारदेखि पठनपाठन तथा प्रशासनिक काम सुचारु गर्ने सहमति भएको हो । पोवि कार्यकारिणी परिषद्ले कात्तिक २७ गते १३ कर्मचारी नियुक्ति गरेपछि त्यसको विरोधमा मंसिर ३ देखि विश्वविद्यालयको केन्द्रीय कार्यालय, परीक्षा नियन्त्रण तथा डिन कार्यालयमा ताला लागेको थियो । कर्मचारी संघसमेत आन्दोलित भएपछि २४ दिनसम्म पठनपाठन ठप्प भयो । पोवि प्रशासन र अखिल क्रान्तिकारीबीच पोवि शिक्षक तथा कर्मचारीसम्बन्धी नियमावली, २०५५ मा करार कर्मचारी नियुक्तिसम्बन्धी व्यवस्थ्ाामा आवश्यक संशोधनका लागि प्रक्रिया थाल्ने सहमति भएको छ । अत्यावश्यक सेवामा सहज जनशक्ति उपलब्ध हुन नसकेको अवस्थ्ााबाहेक बिनाविज्ञापन शिक्षक तथा कर्मचारी करारमा नियुक्ति नगर्ने, यथाशीघ्र सेवा आयोग खोली कर्मचारीको स्थ्ाायी पदपूर्ति व्यवस्थ्ाा गर्ने र सेवा आयोगबाट हालै नियुक्ति कर्मचारी स्थ्ाायी नभएमा पुनः म्याद नथप्ने तथा विश्वविद्यालयभित्र भएका सबै किसिमका अवाञ्छित र आन्दोलनका समयमा पारस्परिक सद्भाव बिथोल्ने गरी भएका सबै गतिविधि भत्र्सना गर्ने सहमति भएको छ । क्रान्तिकारी करार १३ जनाको नियुक्ति बदर गर्नुपर्ने माग गर्दै आन्दोलित भएको थियो । त्यसमा प्रशासनका तर्फबाट रजिस्ट्रार डा. मानबहादुर केसी र विद्यार्थीका तर्फबाट अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष सेवन्तराज भण्डारीले हस्ताक्षर गरेका छन् ।

 

प्रकाशित मिति: २०६९ मंसिर २७ ०८:४९

तपाईंको प्रतिकृया


कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: Comments containing abusive words or slander shall not be published.

Today's Paper 	Epaper - Kantipur Daily 2014-4-16
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

हेलो ! मार्साप !.. अनि धाराको पानी चैं कैले नुहाउन लायक बनाइदिनुहुन्छ नि ?

विज्ञापन

New Year Suppliment 2071 Radio Kantipur Rakshya Travel
  हाम्रा प्रकाशनहरु :
Our Publication