Kantipur

Kantipur

मिति | २०७१ वैशाख १०, बुधवार     Login | Register
कोसेली»

किताब : ल्हासा लिगेसी

असार १ -
लेखक कमलरत्न तुलाधरका बुबा करुणारत्न तुलाधर व्यापारी थिए । उनलाई काका लुंपौं तुलाधारले सहयोग गर्थे । व्यापार पुख्र्यौली पेसा थियो, तर कहिलेदेखि यो सुरु भयो कसैलाई पनि थाहा थिएन । असनको नेवार व्यापारीको घरमा जन्मेका कमलरत्नले सानोमा खबै रुचि मानेर बुबा र काकाका साहसिक व्यापारिक कथाहरू सुन्ने गर्थे ।

खुबै कौतूहल हुन्थ्यो, विश्वासै गर्न नसकिने घटनाहरू हुन्थे । उनको परिवार तिब्बतमा गएर व्यापार गर्ने गर्थे । सन् पचासतिरै पनि काठमाडौंबाट तिब्बत जानु कम्ती ठूलो साहसिक यात्रा थिएन । भीषण हुने गथ्र्यो । लेखककै भाषामा भन्ने हो भने त्यो पुरानो समयमा मार्को पोलोको यात्राजस्तै थियो ।

नेवार व्यापारी तिब्बत गएर आपmनो पेसा गर्ने चलन मार्को पोलोको यात्राभन्दा धेरै पुरानो थियो । काठमाडौंबाट तिब्बत जाने दुई प्रमुख बाटा थिए, एउटा केरुङ भएर । अर्को कुती भएर । संयोगले लेखकका बुबा र उनका समकालीन तिब्बतमा व्यापार गर्ने अन्तिम पुस्ताका नेवारहरू थिए ।

त्यसपछि यो सधैंका लागि बन्द भयो र कहिल्यै फेरि दोहोरिएर सुरु भएन । बन्द के भएको छैन भने लेखकले सम्हालेका बहुमूल्य सम्झनाहरू, तिनै बुबा, काकाले सुनाएका कथाहरू । ती कोरा कथा मात्र थिएनन् । थिए त, इतिहासकै एक भाग । वास्तविक पात्रका साँचो कथाहरू । उनका बुबा र काकाहरू दसौं वर्ष तिब्बतमा बिताउँथे ।

त्यसबीचमा कहिलेकाहीं काठमाडौं र्फकन्थे । घर परिवार सम्हाल्ने जिम्मा भने आमाहरूको हुन्थ्यो । कमलरत्न लेखक मात्र होइनन्, पत्रकार पनि हुन् । तिनै कथालाई उनले किताबको आकार दिन कन्ज्युस्याइँ भने गरेनन् । र, यसले तयार भएको छ, अंग्रेजीमा लेखिएको पुस्तक 'क्याराभान टु ल्हासा' । ल्हासा अर्थात् तिब्बत ।

नेपाल तिब्बत सम्बन्ध अहिलेको होइन । असाध्यै पुरानो छ, यो । यस सम्बन्धमा मनग्गे इतिहासका किताबहरू पाइन्छन् । तर ती किताबले नेवार व्यापारीबारे भने कम मात्र बोल्ने गर्छ । ठीक यहाँनिर लेखक कमलरत्नले नेपाली इतिहासप्रति गुन लगाएका छन्, खास निश्चित र वास्तविक पात्रका कथा बुनेर ।

त्यसो त अहिले बजारमा उपलब्ध भएको 'क्याराभान टु ल्हासा' को दोस्रो संस्करण हो । तर यो परिमार्जित छ । नयाँ तथ्यहरू छन् । त्यसैले यो बढी पढ्नलायक छ । किताब सन् १९२० देखि १९६० बीचको समयमा केन्दि्रत छ । नेपाल तिब्बत सम्बन्धको इतिहास बुभmन ईसाको सातौं शताब्दी फर्किनुपर्छ ।

त्यति बेला त्यहाँका प्रसिद्ध राजा श्रन चङ गम्पोले नेपाली राजकुमारी भृकुटीसँग विवाह गरेका थिए । पछि श्रन चङ गम्पोले शरणमा रहेका नरेन्द्र देवलाई नेपालमा पैतृक राजगद्दी हात पार्न मद्दत गरेका थिए । त्यसयताका एक हजार वर्षको इतिहासबारे हामीलाई राम्रोसँग जानकारी छैन ।

ईसाको सत्रौं शताब्दीमा दुई देशबीच व्यापारिक सम्झौता भएको थियो । सम्झौतायता नेपाल र तिब्बतको सम्बन्ध उतारचढावपूर्ण रहेको पाइन्छ । त्यही बेला गोरखाका राजा राम शाह र कान्तिपुरका राजा प्रताप मल्लले तिब्बतका दुई प्रमुख व्यापारिक मार्ग कब्जा गरे ।

त्यसै क्रममा प्रताप मल्लले तिब्बती सरकारसँग व्यापारिक सम्झौता गर्न पनि सफल भए, त्यसअनुसार नेवार महाजनहरूले बिनारोकटोक तिब्बतमा व्यापार गर्न पाउने भए । सम्झौता तिनै नेपाली उखानका प्रसिद्ध पात्र भीम मल्लको प्रयासमा भएको थियो । जे होस्, यसले नेवार व्यापारहरूलाई ठूलो लाभ प्राप्त भयो ।

र, यससँगै तयार भयो, नेवार महाजनको तिब्बतमा गएर गर्ने व्यापारको इतिहास । तिब्बतमा गएर व्यापार गर्ने नेवारहरूमा तुलाधर, कंसाकार, वज्राचार्य, शाक्य र धाख्वाःहरू थिए । त्यसमा तुलाधरको बाहुल्य भने थियो । यस कालखण्डको अन्तिम दिनका कथा कमलरत्नले 'क्याराभान टु ल्हासा' मा बयान गरेका छन् ।

लेखकको के दाबी छ भने तिब्बतमा एकैपल्ट पाँच सयभन्दा बढी नेवार व्यापारी थिएनन् । तर तिनले पुर्‍याएको धार्मिक, सांस्कृतिक र आर्थिक योगदान भने कम थिएन । उनीहरू 'ल्हासा नेवार' का रूपमा प्रसिद्ध भए । त्यति बेला व्यापार मात्र भएको थिएन, बौद्ध धर्मका ज्ञान, कला पनि तिब्बत र नेपालबीच आदानप्रदान भए ।

सायद तिब्बती 'लिगेसी' का रूपमा मःमः पनि नेपाल भित्रियो, तिनै व्यापारीको माध्यमबाट । अहिले सायद मःमः नेपालमा लोकपि्रय खास खानाको प्रकारमा पर्छ । मिठो मःमःको स्वादपछि एकपल्ट तिनै नेवार व्यापारीलाई धन्यवाद दिनैपर्छ, लेखक पनि यस्तै मान्छन् ।

तिब्बतमा रहेका नेवार व्यापारीको त्यो बेलाको रहनसहन र दिनचर्या कस्तो थियो, उनीहरू के के खान्थे, कस्तो लगाउँथे, त्यसको चर्चा पनि पुस्तकमा छ । पुस्तकमा थुप्रै रोमाञ्चक प्रसङ्गहरू छन् । जस्तो, सन् १९४६ मा दुई युरोपेली अविश्वसनीय रूपमा तिब्बत पुगेका थिए ।

यी दुई अस्टि्रयालीलाई मद्दत गर्ने अरू कोही होइनन्, यिनै नेवार व्यापारी थिए । दोस्रो विश्वयुद्धले तिब्बतमा रहेका नेवार व्यापारलाई आपmनो पेसा फैलाउने नयाँ नयाँ अवसर पनि दियो । तिब्बतमा पहिलोपल्ट मोटरसाइनल भित्र्याउने पनि तिनै नेवार व्यापारी थिए । पहिलोपल्ट मोटरसाइकल तिब्बत पुग्दा कस्तो भयो होला ?

व्यापारका क्रममा नेवार महाजनले थुप्रै समस्याहरूको सामना गरे, चाहे त्यो मानवीय र प्राकृतिक किन नहोस् । पुस्तकमा नेपाल तिब्बत व्यापारमा अन्ततः किन पूर्णविराम लाग्यो, त्यसबारे पनि चर्चा छ । त्यस्तै दुर्लभ तस्बिरहरू छन् । तिब्बत र काठमाडौंबीच आदानप्रदान भएका चिठ्ठी-पत्रहरू पनि राखिएका छन् ।

प्रकाशित मिति: २०६९ असार २ १०:१९

तपाईंको प्रतिकृया


कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: Comments containing abusive words or slander shall not be published.

Today's Paper paper - Kantipur Daily 2014-4-23
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अबिन

धन्न आपूर्ति सहज भ' र'छ !... दिनभरि लाइन बसेर अलिकति भे नि पाइयो !

विज्ञापन

Radio Kantipur Rakshya Travel
  हाम्रा प्रकाशनहरु :
Our Publication