Kantipur

Kantipur

मिति | २०७१ वैशाख ८, सोमबार     Login | Register
समाचार»

थप ४१ नगरपालिका घोषणा

काठमाडौ, असार ३१ -
सरकारले मुलुकका सहरोन्मुख ४१ वटा क्षेत्रलाई नगरपालिका घोषणा गरेको छ । स्थानीय विकास मन्त्रालयको सिफारिसमा साउन १ गतेदेखि लागू हुने गरी आर्थिक वर्ष २०६८/६९ को बजेटमार्फत् थप ४१ वटा नगरपालिका घोषणा गरेको हो ।

नगरपालिका घोषित भएकामा धेरैजसो जिल्ला सदरमुकाम छन् । एक महानगर, पाँच उपमहानरसहित नगरपालिकाको संख्या अब ९९ वटा पुगेको छ । १ सय ६१ वटा सहरोन्मुख गाविसलाई समायोजन गरेर ४१ नगर घोषणा गरिएको हो । अब गाविसको संख्या ३ हजार ९ सय १२ बाट घटेर ३ हजार ७ सय ५२ वटा भएका छन् । सहरोन्मुख क्षेत्रलाई स्थानीय स्रोतसाधनको समुचित प्रयोग गरी स्थानीयस्तरबाटै विकास निर्माणलाई तीव्रता दिन अधिकारसम्पन्न नगर घोषणा गरिएको हो । स्थानीय स्वायत्त शासन ऐनले नगरलाई गाविसलाई भन्दा बढी अधिकार प्रदान गरेको छ ।

स्थानीय विकास मन्त्रालयका सहसचिव दिनेश थपलियाले सडक यातायात, खानेपानी, स्वास्थ्य, टेलिफोन, शिक्षाजस्ता भौतिक तथा सामाजिक पूर्वाधार पुगेको, कर दस्तुरबाट १० लाख रुपैयाँभन्दा बढी आम्दानी हुने र कम्तीमा २० हजार जनसंख्या भएको क्षेत्रलाई नगर घोषणा गरिएको जानकारी दिए ।

थपलियाका अनुसार हिमाली जिल्ला जुम्लाको चन्दननाथ नगर घोषणा गर्दामात्र कम्तीमा १० हजार जनसंख्यालाई आधार बनाइएको छ । हिमाली जिल्लाको हकमा १० हजार जनसंख्यालाई नगरको मापदण्ड बनाइएको हो । प्राध्यापक सूर्यलाल अमात्यको अध्यक्षतामा गठित समितिको सिफारिसमा थप नगर घोषणा गरिएको हो ।

थपलियाका अनुसार ललितपुर, तनहुँ, धनुषा, सप्तरी, नवलपरासी र अछाम गरी छवटा जिल्लामा दुई/दुईवटा नगरपालिका घोषणा गरिएको छ । ललितपुरमा कार्यविनायक र चम्पापुर, तनहुँमा बन्दीपुर र खैरेनीटार-दुलेगौंडा, धनुषामा धनुषाधाम र सखुवा-महेन्द्रनगर, सप्तरीमा मोहनपुर-कल्याणपुर र कञ्चनपुर-रूपनगर र नवलपरासीमा गैंडाकोट र सुनौल तथा अछामको मंगलसेन र साँफेबगर नगरपालिका घोषणा भएका छन् । अछामबाहेक बाँकी पाँच जिल्लामा नगरपालिकाको संख्या तीन/तीनवटा पुगेको छ ।

घोषित थप नगरपालिकामा ताप्लेजुङको ताप्लेजुङ -सदरमुकाम), पाँचथरको सदरमुकाम फिदिम, झापाको बिर्तामोड, मोरङको उर्लाबारी, तेह्रथुमको सदरमुकाम म्याङलुङ, भोजपुरको भोजपुर -सदरमुकाम), खोटाङको सदरमुकाम दिक्तेल, उदयपुरको कटारी, सिराहाको रामनगर-मिर्चैया, महोत्तरीको निगौल-गौशाला, रामेछापको मन्थली, सर्लाहीको हरिवन, रौतहटको चन्द्रनिगाहपुर र बाराको जितपुर छन् ।

त्यसैगरी सिन्धुपाल्चोकको चौतारा, काभ्रेपलाञ्चोकको पाँचखाल, काठमाडौंको शंखरापुर, धादिङको नीलकण्ठ -सदरमुकाम), लमजुङको लमजुङ -बेंसीसहर), पर्वतको सदरमुकाम कुस्मा, म्याग्दीको सदरमुकाम बेनी, गुल्मीको सदरमुकाम तम्घास, अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क, प्युठानको सदरमुकाम प्युठान -खलंगा), सल्यानको सदरमुकाम सल्यान

-खलंगा), बाँकेको कोहलपुर, बर्दियाको राजापुर, बझाङको सदरमुकाम चैनपुर र जुम्लाको सदरमुकाम चन्दननाथ छन् ।

थप घोषणापछि काभ्रे र झापामा चार/चार तथा काठमाडौंमा तीन, उदयपुर, रौतहट, सर्लाही, मोरङ, बाँके, बर्दिया, सिराहा, महोत्तरीमा २/२ वटा भएका छन् । पाँचखाल थपिएपछि काभ्रे र बिर्तामोड थपिएपछि झापामा नगरपालिकाको संख्या चार पुगेको छ ।

काठमाडौंको साँखुसहित क्षेत्रलाई शंखरापुर नगर घोषणा गरिएको छ । ललितपुरमा चापागाउँ क्षेत्रलाई चम्पापुर तथा सैंबु-भैसेपाटी क्षेत्रलाई कार्यविनायक नगरपालिका बनाइएको छ । नगरपालिका नभएका जिल्लामा मनाङ, मुस्ताङ, कणर्ालीका चार र दार्चुलासहित दर्जनभन्दा कम छन् ।

प्रकाशित मिति: २०६८ असार ३२ ०९:२३

तपाईंको प्रतिकृया


कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: Comments containing abusive words or slander shall not be published.

Today's Paper Epaper - Kantipur Daily 2014-4-21
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

बन्द गद्र्यो रे ?!... ढोकामात्रै कि झ्याल पनि ?

विज्ञापन

Radio Kantipur Rakshya Travel
  हाम्रा प्रकाशनहरु :
Our Publication