कांग्रेसले गण्डकी प्रदेश सभा बैठक बहिष्कार गर्ने
कांग्रेसले गण्डकी प्रदेश सभाको बैठक बहिष्कार गर्ने भएको छ । सर्वोच्च अदातलले सरकारलाई दीर्घकालीन महत्त्वका निर्णय नगर्नु भन्ने आदेश दिएको अवस्थामा सरकारको सिफारिसमा प्रदेश सभा बैठक आह्वान हुनु आपत्तिजनक विषय भएको भन्दै कांग्रेसले बहिष्कार गर्ने निर्णय गरेको हो ।