एकीकृत समाजवादीका सोडारीद्वारा सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेस
सुदूरपश्चिममा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता दीर्घ सोडारीले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । यसअघि नेकपा एमालेले उनको नाममा समर्थन गर्न नसकिने अडान लिएको भए पनि अन्ततः एमालेले समर्थन गरेपछि सोडारीले दाबी पेस गरेका हुन् ।