मुद्रण संस्करण

२०६७ भाद्र २१, सोमबार भाद्र कृष्णपक्ष त्रयोदशी नेपाल संवत् ११३० मुद्रण संस्करण

अर्थ/वाणिज्य»

अवैध कामदार फर्काउन गल्फ एयरले टिकट दर घटायो

शिला पाण्डे

काठमाडौ, श्रावण १२ -
गल्फ एयरले बहराइनमा अवैध रूपमा बसेका कामदारलाई सजिलै स्वदेश फर्काउन टिकटर दरमा कटौती गरेको छ ।

अवैध रूपमा काम गरिरहेका मध्ये र्फकन चाहनेका लागि बहराइनदेखि एकतर्फी टिकटमा यस्तो सुविधा दिइएको हो । बहराइनस्थित श्रमबजार नियमन निकायले श्रम समस्या सुल्झाउन र सजिलै स्वदेश फिर्ता गर्न आग्रह गरेपछि कम्पनीले निकै सस्तोदरमा टिकटको व्यवस्था गरेकेा हो । कम्पनीले भाडामा आधाभन्दा बढी कटौती गरेको जनाएको

छ । हाल बहराइनदेखि काठमाडौंको एकतर्फी भाडा

१८ हजार रुपैयाँ छ ।

यस्तो सुविधा पाउने कामदारहरूमा गल्फ एयरको सिधा उडान हुने गन्तव्य नेपाल, भारत, बंगलादेश, पाकिस्तान र मनिला रहेका छन् । यी देशबाट गएका कामदारले यो सुविधा अन्तर्गत ४० किलो सामान निःशुल्क ल्याउन पाउनेछन् ।

बहराइनमा करिब ७० हजारको हाराहारीमा नेपाली कामदार छन् । जसमध्ये २५ प्रतिशत अवैध रूपमा बसिरहेको वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष तिलक रानाभाटले बताए ।

अधिकांश नेपाली निर्माण क्षेत्रको कामका लागि बहराइन जाने गरेका छन् । वैदेशिक रोजगारका लागि नेपाली जाने अन्य मुलुक कतार, दुबई र मलेसिया रहेकेा छ । 'त्यहाँ कामदारले सही तलब पाउने भएकाले खासै समस्या छैन,' रानाभाटले भने । 

बहराईनका कम्पनीहरूले सरकारले तोकेबमोजिमकै तलब तथा सुविधा दिँदै आएको उनले बताए । यस्तो अभियानले अव्यवस्थित रोजगारलाई घटाउन र सामाजिक दायित्व निर्वाहका लागि महत्त्वपूर्ण भूमिका निभाउने एयरका प्रमुख कार्यकारी समेर मजालीले

ैबताए ।

यसका साथै एयरले बहराइन जाने कामदारका लागि सही सूचना सम्प्रेण गर्ने र श्रम कानुनअन्तर्गत रहेर काम गर्न सचेतना बृद्धि गराउने काम पनि गर्ने भएको छ ।

ट्रेडन्युज डट कमका अनुसार निकायका उपाध्यक्ष राजी अब्दुल रहमान र गल्फ एयरका कर्पोरेट मामिलाका निर्देशक मोहम्मद अमिन हिलिवाले यस्तो सुविधाका सम्बन्धमा बुधबार सम्झौतापत्रमा हस्ताक्षर गरे ।

प्रकाशित मिति: २०६७ भाद्र २१ ०९:१०

तपाईंको प्रतिकृया
कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
पूरा नाम
ठेगाना
ईमेल ठेगाना
प्रतिकृया
क्याप्चा



विज्ञापन

Fly To Nepal tickets2nepal Money 2 Nepal Travel USA