देश»
दाङमा कम्लरी थपिँदै
दाङ , श्रावण १२ -
दाङलाई कम्लरीमुक्त जिल्ला घोषणा गरेको दुई वर्ष बितिसक्दा पनि कम्लरी राख्ने क्रम रोकिएको छैन । जिल्लामा अझै १ सय ४९ कम्लरी रहेको नयाँ तथ्य सार्वजनिक भएको छ । जसमध्ये ९० जना पहिलेकै उद्धार गर्न बाँकी रहेका र ५९ जना यस वर्ष नयाँ थपिएका भएको मुक्त कम्लरी अनुगमन समितिले जनाएको छ ।
समितिका संयोजक रहेका प्रमुख जिल्ला अधिकारी ऋषिराम ढकालले मुक्त जिल्ला घोषणा गदर्ा ५ सय २० कम्लरी रहेकामा ४ सय ३० जनाको उद्धार भइसकेको बताएका छन् । 'त्यसमा ९० मात्रै बाँकी रहेको र फेरि ५९ जना थपिएका छन्,' उनले
बताए । प्रो. पब्लिकले घोराहीमा आयोजना गरेको 'दाङमा कम्लरी प्रथा उन्मूलनका लागि भएका प्रयास र दिगो उपायहरू' विषयक संवाद कार्यक्रमका सहभागी सबै सरोकारवालाले कम्लरी प्रथा पूर्ण रूपमा हटाउन कठिन भइरहेको बताएका छन् ।
जिल्ला बाल कल्याण समितिको अगुवाइमा २०६५ माघ १ गते दाङलाई कम्लरीमुक्त जिल्ला घोषणा गरिएको थियो । त्यसयता केही समय बजारका घरघरमा छापा मारेर कम्लरी उद्धार अभियान पनि थालिएको थियो तर विस्तारै अनुगमन समिति निष्त्रिmय हुँदै गएपछि कम्लरी राख्ने क्रम फेरि सुरु भएको हो ।
प्रकाशित मिति: २०६७ भाद्र २१ ०९:०४












