राशिफल
आजको मार्गदर्शन जान्न आफ्नो राशिचिन्ह चयन गर्नुहोस्
समयावस्था विचारेर आफूलाई प्रस्तुत गरिनेछ । आफू असम्बद्ध कुरामा तर्किनु नै मुनासिब रहनेछ । जसरी पनि आफ्नो अनुकूलतामा ध्यान दिन खोजिनेछ ।
कुनै नयाँ काममा अनुबन्धित हुने मौका मिल्नेछ । कुनै कुराको आकस्मिक लाभ हुनेछ । आर्थिक क्रियाकलापका काममा सफल भइनेछ ।
कसैलाई तपाईंको साथको आवश्यकता पर्न सक्छ । समयावस्था विचारेर सहयोग गर्न खोजिनेछ । नगरी नहुने कुरामा विशेष जोड दिइएला ।
पारिवारिक काम र स्वास्थ्यमा ध्यान दिनुपर्नेछ । कुनै कुराले नजानिँदो गरी टाउको दुखाउन सक्छ । सकेसम्म आफ्नो अनुकूलता विचारिनेछ ।
सकारात्मक सोचमा रहन सके आफैंलाई सहज हुनेछ । झिनामसिना कुरालाई बेवास्ता गर्दा मन खुसी होला । सकेसम्म आफ्नै कामकुरामा जोड दिनु उपयुक्त हुनेछ ।
मनपर्दो क्रियाकलापमा जोड दिइनेछ । इच्छाभोजन गर्ने प्रबन्ध मिल्नेछ । कुनै कामको सम्पन्नताले मन ढुक्क रहला ।
परिवारमा राम्रो समझदारी कायम रहनेछ । आर्थिक पक्ष सुदृढ रहनेछ । कुनै नयाँ काम गर्नतिर मन जान सक्छ ।
घरमा कसैको आगमन हुन सक्छ । आफूलाई पनि कुनै कामले कतै जानुपर्ने हुन सक्छ । समयावस्था विचारी अत्यावश्यक कुरामा जोड दिइनेछ ।
कुनै कुराले नजानिँदो गरी दुःख दिन सक्छ । सकेसम्म प्राथमिकताका काममा जोड दिइनेछ । आफ्नो हातमा नभएका कामकुरामा चासो नदिनु नै उचित रहला ।
पारिवारिक वातावरण सुखमय रहनेछ । कुनै कामको सम्पन्नताले मन ढुक्क रहला । इच्छानुसारका खानपानमा मन रम्न खोज्नेछ ।
कुनै आर्थिक काममा संलग्न हुनुपर्ला । कसैलाई तपाईंको साथको आवश्यकता पर्न सक्छ । कुनै कामको सम्पन्नताले मन ढुक्क रहला ।
इच्छानुसार समय व्यतीत गर्ने मौका मिल्नेछ । कतै जाने प्रबन्ध मिल्न सक्छ । मिष्टान्न भोजन गर्ने योग रहेको छ ।