१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

राशिफल

updated at: चैत्र १५, २०८० | ०५:५६

मेष(Aries)
चु, चे, चो, ला, लि, लु, ले, लो, अ

आफ्नो कार्यक्षेत्रबाट राम्रो सद्भाव पाइनेछ । कुनै कामविशेषले कतै निस्किनुपर्ने हुन सक्छ । सोचेअनुरूप कुरा टक्कटक्क मिल्दै जानेछन् ।

वृष(Taurus)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

प्रायः सबै काम तपाईंकै निगरानीमा सम्पन्न हुनेछन् । प्रतिस्पर्धात्मक कार्यमा सफलता मिल्नेछ । आर्थिक पक्ष सुदृढ रहनेछ ।

मिथुन(Gemini)
का, कि, कु, घ, ङ, छ, के, को, ह

विभिन्न कुराले गर्दा निकै व्यस्त भइनेछ । पारिवारिक जिम्मेवारीको पनि ख्याल गर्दै अघि बढ्नुपर्ने बेला छ । स्वास्थ्य मामिलामा पनि सजग रहनुपर्नेछ ।

कर्कट(Cancer)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो

नकारात्मक प्रवृत्ति/कामबाट तर्किनु नै उचित हुनेछ । प्राथमिकताअनुसारका काममा आफूलाई संलग्न गराउनु उत्तम रहनेछ ।

सिंह(Leo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे

आफ्नो कार्यक्षेत्रबाट अपेक्षित सद्भाव पाइनेछ । इच्छाअनुरूप सबै कुरा मिल्दै जानेछन् । कतैबाट कुनै कुराको अनपेक्षित लाभ मिल्न सक्छ ।

कन्या(Virgo)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो

आफ्नो आत्मसम्मानको ख्याल गर्दै काम गर्ने प्रयास गरिनेछ । काम गर्दा विभिन्न माध्यमबाट अपेक्षित सहयोग पाइनेछ ।

तुला(Libra)
र, रि, रु, रे, रो, ता, ति, तु, ते

आफ्नो अनुकूलता विचार्दै समयलाई तह लगाउन खोजिनेछ । मन खुसी हुने कामकुरामा आफूलाई संलग्न गराइनेछ ।

वृश्चिक(Scorpio)
तो, ना, नि, नु, ने, नो, या, यि, यु

हतारिएर गरिएको कामले दुःख दिनेछ । साना कुरामा विचार गर्नुपर्ने बेला छ । समयावस्थाको ख्याल गर्दै आफ्नो प्रस्तुति दिनु नै उत्तम रहनेछ ।

धनु(Sagittarius)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

आर्थिक प्रयोजनका क्रियाकलापका काममा संलग्न हुनुपर्ला । के कसो गर्दा उपयुक्त हुने/नहुने भन्ने कुराको आफैंले विचार गर्नुपर्ने बेला छ ।

मकर(Capricorn)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि

कुनै बहुप्रतीक्षित कार्यमा सफलता मिल्नेछ । आर्थिक एवं व्यापारिक पक्ष दुवै सुदृढ रहनेछन् । कसैकसैलाई नवीन रोजगारी प्राप्त गर्ने सम्भावना पनि रहेको छ ।

कुम्भ(Aquarius)
गु, गे, गो, सा, सि, सु, से, सो, द

समयअनुसार कामको वर्गीकरण गर्न सके आफैंलाई सहज हुनेछ । स्वास्थ्य, खानपान र आरामका कुरामा पनि ध्यान दिनुपर्ने बेला छ ।

मीन(Pisces)
दि, दु, थ, झ, ञ, दे, दो, च, चि

निर्णयात्मक काम गर्दा राम्ररी सोचविचार गर्नुपर्ने छ । आफ्ना कामकुराले कसैको व्यक्तित्वमा दखल नपरोस् भन्ने कुराको हेक्का राख्नु उत्तम रहनेछ ।

Your browser is too old or not supported by eKantipur.
Please upgrade your browser to improve your experience.