२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

पेमेन्ट गेटवेको भ्रष्टाचारमा सुनील पौडेल दोषी ठहर, सचिव मरासिनीसहित ८ लाई सफाइ

विशेष अदालले नेसनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालील कार्यकारी निर्देशक तथा नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेललाई दोषी ठहर गरेको छ । यो प्रकरणमा सचिव मधुकुमार मरासनीसहित ८ जनालाई भने अदालतले सफाई दिएको छ ।

सगरमाथा आरोहणका लागि ३ सय ५२ आरोहीले लिए अनुमति

यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि ३ सय ५२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि हालसम्म ३३ आरोही समूहका ६५ महिला र २ सय ८७ पुरुष गरी जम्मा ३ सय ५२ आरोहीले अनुमति लिएका हुन् ।

अदालतलाई प्रभाव पार्न प्रतिपक्षले बैठक बहिष्कार गर्‍यो : मुख्यमन्त्री अधिकारी

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले अदालतलाई प्रभाव पार्न बैठक बहिष्कार गरेको बताएका छन् । कांग्रेस र राप्रपाले शुक्रबार बसेको प्रदेश सभा बैठक बहिष्कार गरेका कारण बैठक सञ्चालन हुन सकेन । मुख्यमन्त्री अधिकारीले प्रतिपक्षीले बैठक बहिष्कार गरेर अदालतलाई प्रभावित पार्न खोजेको आरोप लगाएका हुन् ।

फूलले चिटिक्क सडक [तस्बिरहरु]

रुपन्देहीको तिलोत्तमा नगरपालिकाअन्तर्गत बुटवल–बेलहिया व्यापारिकमार्ग यतिबेला मनमोहक छ । उक्त मार्गको मणिग्राम योगीकुटीको बीच सडकमा फुलेका फूलले उक्त सडकमा यात्रामा निस्कने सबैलाई मन आनन्दित बनाएको छ । पालिकाको १३ किलोमिटर सडक खण्डमा २ हजार ५ सय बढी फूल रोपिएको हरियाली प्रवर्द्धन अधिकृत गोरखनाथ खनालले बताए । ती फूलमध्ये बेगमबेली र अन्य विभिन्न रङमा फूल फुलेपछि दृश्य हेर्नलायक बनेको हो ।

एमालेको शनिबारदेखि महाधिवेशन प्रतिनिधि परिषद् बैठक

सत्तारुढ नेकपा एमालेको शनिबारदेखि महाधिवेशन प्रतिनिधि परिषद् बैठक बस्दै छ । ललितपुरको गोदावरीमा रहेको सनराईज हलमा शनिबार र आइतबार महाधिवेशन प्रतिनिधि परिषद् बैठक बस्ने शुक्रबार पार्टी मुख्यालय च्यासलमा पत्रकार सम्मेलन गरी महासचिव शंकर पोखरेलले जानकारी दिए ।

प्रधानसेनापति शर्मा भन्छन् : फास्ट ट्य्राक समयमै सकिन्छ, नसक्ने भए सक्दिनँ भनिदिन्थेँ

प्रधानसेनापति प्रभुराम शर्माले काठमाडौं–तराई-मधेश द्रुतमार्गको लागत हालसम्म नबढेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानसेनापति शर्माले काठमाडौं–तराई-मधेश द्रुतमार्ग तोकिएकै समयमा निर्माण सम्पन्न हुने बताएका छन् । 

सुप्रिम सहकारी ठगी : अध्यक्ष गुरुङलाई थुनामा पठाउने आदेश, दीपेश पुनसँग ४ लाख धरौटी माग 

सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलन गर्ने ६ जनालाई जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश गरेको छ । शुक्रबार सकिएको थुनछेक बहसपछि सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई पुर्पक्षका लागि जेल पठाउँदै अन्य ६ जनालाई धरौटीमा छोड्ने आदेश गरेको हो । 

भारतीय नागरिकको अपहरणपछि हत्या गरेको आरोपमा ३ जना पक्राउ

एक भारतीय नागरिकलाई अपहरण गरी हत्या गरेको आरोपमा आरोपी पक्राउ परेका छन् । कपिलवस्तुको मायादेवी गाउँपालिकास्थित अभिरावमा हाथखुट्टा बाँधेर भारतको सिद्धार्थनगर पचगवाका ४१ वर्षे जमाल अहमदको हत्या गरिएको थियो । 

विश्वदीप पाण्डे प्रधानमन्त्रीको युवा तथा सामाजिक विकास विज्ञमा नियुक्त

प्रधानमन्त्री पुष्पकमल दाहालको युवा तथा सामाजिक विकास विज्ञमा विश्वदीप पाण्डे नियुक्त भएका छन् ।  वैशाख ६ गते बसेको मन्त्रिपरिषद् बैठकले पाण्डेलाई सामाजिक विकास विज्ञ नियुक्त गरेको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

नेसपाद्वारा राजनीतिक संवाद समिति गठन

न‍ेपाल समाजवादी पार्टीले   मुद्दा मिल्ने शक्तिहरुसँग राजनीतिक संवाद र सहकार्य गर्न तीन सदस्य राजनीतिक संवाद समिति गठन गरेको छ ।

पूर्वमुख्यसचिव शाक्यको अन्त्येष्टि

पूर्वमुख्यसचिव तीर्थमान शाक्यको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । गत बुधबार ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा निधन भएका शाक्यको बौद्ध धर्म परम्पराअनुसार शुक्रबार दिउँसो साढे एक बजे शंखमूलस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको हो । 

नयाँ सरकारप्रति जनतामा कुनै उत्साह छैन : प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले वर्तमान सरकारप्रति जनतामा कुनै उत्साह नरहेको बताएका छन् । उनले जनतामा आशा जगाउनकै लागि कांग्रेसले अहिलेको गठबन्धन सरकारको विकल्प खोज्नुपर्ने अवस्थाबारे चर्चा गरेको दाबी गरे । शुक्रबार सानेपास्थित केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता महतले सरकारले जनतामा आशा जगाउन नसकेको र विकल्प खोज्ने विषयमा छलफल सुरु भएको बताए ।

प्रदेश प्रमुखहरू केन्द्र सरकारको इसारामा चल्ने होइन : कांग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश प्रमुखहरू केन्द्र सरकारको इसारामा चलेको भन्दै आपत्ति जनाएको छ । गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखहरूले संविधानले दिएको अधिकार भुलेर केन्द्रीय सत्ता गठबन्धनको इसारामा काम गर्न खोजेको भन्दै कांग्रेस प्रवक्ता प्रकाशशरण महतले आपत्ति जनाए । 

Driving License Eligibility Test

Score 70% to be an eligible candidate for License Exam
Province News
साकेला गाउँपालिकाका सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ

साकेला गाउँपालिकाका सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ

डम्बरसिं राई

साकेला गाउँपालिकाले यसै शैक्षिक सत्रदेखि कक्षा १–३ मा 'अंग्रेजी माध्यम’मा पठनपाठन सुरु गर्ने भएको छ । यस वर्ष पाँच वटा माध्यमिक विद्यालयमा अंग्रेजी माध्यमद्वारा पठनपाठन सुरु गर्न लागिएको हो । 

प्राविधिक विषयमा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति 

प्राविधिक विषयमा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति 

डम्बरसिं राई

हलेसी तुवाचुङ नगरपालिकाले प्राविधिक विषयमा उच्च शिक्षा अध्ययन गर्ने दुई जनालाई छात्रवृत्ति दिएको छ । नगरपालिकाको छात्रवृत्ति कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि २०८० अनुसार वडा नं. ४ बडहरेका विकेश सिलवाल र वडा नं. ६ मङ्गलटारका हेमन राईलाई जनही एक/एक लाख रूपैयाँका दरले बिहीबार उपलब्ध गराएको हो ।

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

रासस

इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ । विजुलीको काम गर्ने क्रममा करेन्ट लागेर इलाम नगरपालिका-५ का ४२ वर्षीय दिलीप कुँवरको शुक्रबार दिउँसो मृत्यू भएको प्रहरीले जनाएको छ ।

कोशीको मुख्यमन्त्री हटाउने संकल्प प्रस्ताव बहुमतले पारित

कोशीको मुख्यमन्त्री हटाउने संकल्प प्रस्ताव बहुमतले पारित

पर्वत पोर्तेल

कोशी प्रदेशसभामा नेकपा एमालेसहित विपक्षी गठबन्धनले पेस गरेको संकल्प प्रस्ताव शुक्रबार बहुमतले पारित भएको छ ।  सभामुख अम्बरबहादुर विष्टले संकल्प प्रस्तावको पक्षमा ५२ सांसद  र मत दिन्न भन्ने पक्षमा जम्मा ३ सांसद रहेका कारण बहुमतले प्रस्ताव पारित भएको सभालाई जानकारी गराए । कांग्रेस सांसदहरू भने मत विभाजनमा सहभागी भएनन् । 

सरकार अल्पमतमा छ भने पनि आजै मार्गप्रशस्त गर भन्न मिल्दैन : राई

सरकार अल्पमतमा छ भने पनि आजै मार्गप्रशस्त गर भन्न मिल्दैन : राई

पर्वत पोर्तेल

पूर्व मुख्यमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राईले  सरकार साँच्चै अल्पमतमा परेको भए पनि मुख्यमन्त्रीले रित पुर्‍याएर मात्रै पद छोड्न मिल्ने बताएका छन् । उनले संविधानको धारा १६८ को उपधारा ५ को सरकार अजम्बरी हुन नसक्ने भन्दै सरकार अल्पमतमा छ भन्दैमा आजै मार्ग प्रशस्त गर भन्न नमिल्ने दाबी गरे ।

कोशीमा किचलो : सरकार गिराउन संकल्प प्रस्तावको ‘हतियार’ 

कोशीमा किचलो : सरकार गिराउन संकल्प प्रस्तावको ‘हतियार’ 

पर्वत पोर्तेल

केन्द्रमा जब सत्ता समीकरण बदलियो, तब कोशीका मुख्यमन्त्री केदार कार्कीलाई हटाउने अभियानमा सत्ताघटक दलहरु एमाले–माओवादी सक्रिय बन्न थाले । 

कोशी बाट थप
स्रोत नखुलेको २२ लाख रुपैयाँसहित दुई जना पक्राउ

स्रोत नखुलेको २२ लाख रुपैयाँसहित दुई जना पक्राउ

भूषण यादव

प्रहरीले शुक्रबार वीरगन्जको आदर्शनगर स्थित एक मलबाट स्रोत नखुलेको ठूलो रकम सहित दुईजनालाई पक्राउ गरेको छ ।

आनन्द साहको परिवारलाई पाँच लाख सहयोग

आनन्द साहको परिवारलाई पाँच लाख सहयोग

कान्तिपुर संवाददाता

इजरायलमा हमास समूहको आक्रमणमा परी  मृत्यु भएको धनुषाका आनन्द साहको परिवारलाई मधेश सरकारले पाँच लाख आर्थिक सहयोग गरेको छ । 

वीरगन्जमा १ करोड रुपैयाँभन्दा माथिको अवैध कपडा बरामद

वीरगन्जमा १ करोड रुपैयाँभन्दा माथिको अवैध कपडा बरामद

भूषण यादव

पर्सा प्रहरीले ठूलो परिमाणमा भन्सार राजस्व छली वीरगन्जको आदर्शनगरस्थित गोदाममा भण्डारण गरेको अवस्थामा विभिन्न किसिमका कपडा बरामद गरेको छ ।

केन्द्र सरकारले वीरगन्जलाई विभेद गर्‍यो : मेयर सिंह

केन्द्र सरकारले वीरगन्जलाई विभेद गर्‍यो : मेयर सिंह

भूषण यादव

वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले संघीय सरकारले बजेटमा विभेद गरेको आरोप लगाएका छन् ।

मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार, तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार, तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

सन्तोष सिंह

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बिहीबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । चौथो पटक विश्वासको मत लिएपछि मुख्यमन्त्री यादवले तीन मन्त्री र एक राज्यमन्त्री थप गर्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

मधेशमा मन्त्रिपरिषद् विस्तार तयारी, तीन मन्त्री थपिँदै

मधेशमा मन्त्रिपरिषद् विस्तार तयारी, तीन मन्त्री थपिँदै

सन्तोष सिंह

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । माओवादी केन्द्रका दुई र नेकपा एसबाट एकसहित तीन मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

मधेस बाट थप
धुन्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्न सहयोग हुन्छ : उपप्रधानमन्त्री महासेठ

धुन्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्न सहयोग हुन्छ : उपप्रधानमन्त्री महासेठ

रासस

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले गल्छी, त्रिशूली, मैलुङ  स्याफ्रुबेँसी, रसुवागढी  राजमार्ग विस्तार छिटो सम्पन्न हुने जानकारी दिएका छन् ।

घाइते भन्छन्- \'सडकमा छरपष्ट निर्माण सामाग्रीमा चिप्लिएर बस खस्यो\'

घाइते भन्छन्- 'सडकमा छरपष्ट निर्माण सामाग्रीमा चिप्लिएर बस खस्यो'

अनिश तिवारी

त्रिपुरासुन्दरी गाउँपालिका-५ तौथलीस्थित धारावतीमा तीन जनाको ज्यान लिने गरी शुक्रबार बिहान भएको बस दुर्घटनाका घाइतेले साँघुरो सडक र जथाभावी राखिएका निर्माण सामाग्रीका कारण दुर्घटना भएको बताएका छन् । 

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण

प्रताप विष्ट

सामुदायिक विद्यालयमा पढाइ गुणस्तरयुक्त र अनुशासित भएपछि स्कुलका शिक्षक र विद्यालय व्यवस्थापन कमिटीका सदष्यहरु विद्यार्थी खोज्न जानैपर्दैन । गुणस्तरयुक्त पढाइ र  अनुशासित एव व्यवस्थित रहेको स्कुलमा भर्ना हुन आउने विद्यार्थीको चाप थेगिनसक्नु हुने गरेको छ ।

बालश्रममुक्त घोषणा गर्न जनप्रतिनिधिको प्रतिबद्धता

बालश्रममुक्त घोषणा गर्न जनप्रतिनिधिको प्रतिबद्धता

ज्योती श्रेष्ठ

बनेपा नगरपालिकालाई बालश्रममुक्त नगर घोषणा गर्न जनप्रतिनिधिहरुले ऐक्यबद्धता जनाएका छन् । आर्थिक वर्ष २०८०/०८१ को  असारसम्म नगरपालिकालाई बालश्रममुक्त नगर घोषणा गर्न नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

काभ्रेमा बस र सुमो ठोक्किँदा ७ यात्रु घाइते

काभ्रेमा बस र सुमो ठोक्किँदा ७ यात्रु घाइते

ज्योती श्रेष्ठ

काभ्रेमा बिहीबार बिहान साढे ११ बजेको समयमा काभ्रेस्थित बीपी राजमार्ग अन्तर्गत नमोबुद्ध नगरपालिका-२ स्थित बेलामा बस र सुमो ठोक्किँदा ७ जना घाइते भएका छन् ।

दोलखामा आगलागीमा ३ घर जले

दोलखामा आगलागीमा ३ घर जले

केदार शिवाकोटी

दोलखाको उत्तरी कालिञ्चोक गाउँपालिका–४ बिसमुरेमा आगलागीमा ३ घर जलेर नष्ट भएका छन् । बुधबार राति विद्युत् सर्ट भएर लागेको आगोले स्थानीय खड्गबहादुर खत्री, दीपक खत्री र महेन्द्र खत्रीको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

वाग्मती बाट थप
अदालतलाई प्रभाव पार्न प्रतिपक्षले बैठक बहिष्कार गर्‍यो : मुख्यमन्त्री अधिकारी

अदालतलाई प्रभाव पार्न प्रतिपक्षले बैठक बहिष्कार गर्‍यो : मुख्यमन्त्री अधिकारी

प्रतीक्षा काफ्ले

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले अदालतलाई प्रभाव पार्न बैठक बहिष्कार गरेको बताएका छन् । कांग्रेस र राप्रपाले शुक्रबार बसेको प्रदेश सभा बैठक बहिष्कार गरेका कारण बैठक सञ्चालन हुन सकेन । मुख्यमन्त्री अधिकारीले प्रतिपक्षीले बैठक बहिष्कार गरेर अदालतलाई प्रभावित पार्न खोजेको आरोप लगाएका हुन् ।

आगो निभाउने क्रममा जलेर महिलाको मृत्यु

आगो निभाउने क्रममा जलेर महिलाको मृत्यु

कान्तिपुर संवाददाता

स्याङ्जाको बिरुवा गाउँपालिका–७, कुमेरदुङ बस्ने ७४ वर्षीय रेउसरी गुरुङको आगो निभाउने क्रममा शुक्रबार जलेर मृत्यु भएको छ । 

चक्कु प्रहार गरी बाबुको हत्या गर्ने छोरा पक्राउ

चक्कु प्रहार गरी बाबुको हत्या गर्ने छोरा पक्राउ

सम्झना रसाइली

शुक्लागण्डकीमा २६ वर्षीय छोराले चक्कु प्रहारी गरी ७६ वर्षीय बाबुको हत्या गरेका छन् । 

स्याङ्जामा अवैध लागूऔषधसहित दुई जना पक्राउ

स्याङ्जामा अवैध लागूऔषधसहित दुई जना पक्राउ

प्रतीक्षा काफ्ले

स्याङ्जा प्रहरीले अवैध लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पुतलीबजार नगरपालिका ११ सुम्रेखोलास्थित डियुटीमा खटिएको प्रहरीको टोलीले शंका लागेपछि चेक गर्दा बिहीबार साँझ पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा भीरकोट नगरपालिका ३ का ३२ वर्षीय अनिल क्षेत्री र २२ वर्षीय शिव दर्जी रहेका छन् ।

जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

हरिराम उप्रेती

१९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा भिमसेन थापा गाउँपालिका १ का ४५ वर्षीय कुलमान बरामलाई प्रहरीले पक्राउ गरेको छ ।

गण्डकी प्रदेशसभा बैठक स्थगित 

गण्डकी प्रदेशसभा बैठक स्थगित 

प्रतिक्षा काफ्ले

गण्डकी प्रदेशसभा बैठक अर्को सूचना नआउँदासम्मलाई स्थगित भएको छ । शुक्रबार केहीबेर बसेको बैठक कांग्रेस र राप्रपाले बहिष्कार गरेपछि अनिश्चितकालसम्मका लागि बैठक स्थगित गरिएको हो । बैठकमा सभामुख कृष्ण धितालले प्रदेश प्रमुखकाे बैठक आह्वानसम्बन्धी पत्र पढेर सुनाएका थिए ।

गण्डकी बाट थप
प्रहरीद्वारा १६ लाख बराबरको अवैध सामान बरामद

प्रहरीद्वारा १६ लाख बराबरको अवैध सामान बरामद

सन्जु पौडेल

रुपन्देहीको बुटवलबाट सशस्त्र प्रहरीले बिलबिजक नभएको सामानसहित गाडी बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस बुटवल, रुपन्देहीबाट सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) शशीराम भारतीको कमाण्डमा खटिएको गाडी मोबाइल टोलीले सामानसहित गाडी बरामद गरेको हो ।

आगलागी हुँदा १० घर जलेर नष्ट

आगलागी हुँदा १० घर जलेर नष्ट

नवीन पौडेल

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका-६ पडरी गाउँमा आगलागी हुँदा १० वटा घर जलेर नष्ट भएको छ ।

डढेलो बस्तीमा सल्किँदा आधा दर्जन घरगोठ जले

डढेलो बस्तीमा सल्किँदा आधा दर्जन घरगोठ जले

शमशेरविक्रम जीसी

जंगलमा लागेको डढेलो बस्तीमा सल्किँदा झिमरुक गाउँपालिकाका विभिन्न ठाउँमा आधा दर्जन घरगोठ जलेर नष्ट भएका छन् । 

भारतीय नागरिकको अपहरणपछि हत्या गरेको आरोपमा ३ जना पक्राउ

भारतीय नागरिकको अपहरणपछि हत्या गरेको आरोपमा ३ जना पक्राउ

मनोज पौडेल

एक भारतीय नागरिकलाई अपहरण गरी हत्या गरेको आरोपमा आरोपी पक्राउ परेका छन् । कपिलवस्तुको मायादेवी गाउँपालिकास्थित अभिरावमा हाथखुट्टा बाँधेर भारतको सिद्धार्थनगर पचगवाका ४१ वर्षे जमाल अहमदको हत्या गरिएको थियो । 

बर्दियाका आधा दर्जन सामूदयिक वनमा डढेलो

बर्दियाका आधा दर्जन सामूदयिक वनमा डढेलो

कमल पन्थी

तातो हावा 'लु' चलेसँगै शुक्रबार बर्दियाको सामूदायिक वनमा फैलिएको डढेलो नियन्त्रण गर्न सशस्त्र प्रहरी, नेपाल प्रहरी, वनका कर्मचारी र स्थानीयलाई हम्मे-हम्मे परेको छ ।

जीर्ण कारागारमा कोचाकोच

जीर्ण कारागारमा कोचाकोच

काशीराम डाँगी

जीर्ण अवस्थाको रोल्पा कारागारमा कैदीबन्दीलाई कोचाकोच अवस्थामा राखिएको छ । पुरानो र भौतिक अवस्थाले निकै कमजोर लिबाङस्थित जिल्ला कारागारमा क्षमता भन्दा दोब्बर बढी कैदीबन्दी छन् । महिला र पुरुष गरी ५० जना राख्न मिल्ने कारागारमा १ सय २३ जनालाई राखिएको छ । 

लुम्बिनी बाट थप
सामुदायिक वनमा तीन दिनदेखि भीषण डढेलो, बस्ती जोखिममा 

सामुदायिक वनमा तीन दिनदेखि भीषण डढेलो, बस्ती जोखिममा 

विप्लव महर्जन

छत्रेस्वरी गाउँपालिका-५ लेखपोखराको तिर्थपोले सामुदायिक वनमा तीन दिनदेखि भीषण डढेलो लागेको छ । वनमा लागेको डढेलो निभाउन नेपाली सेना, सशस्त्र, प्रहरी, स्थानीय, जनप्रतिनिधि खटिएपनि निभाउन सकेका छैनन् ।

विकट बस्तीमा स्वास्थ्य शिविर : १ सय ९० जनाको परीक्षण

विकट बस्तीमा स्वास्थ्य शिविर : १ सय ९० जनाको परीक्षण

तुलाराम पाण्डे

नरहरिनाथ–७ माल्कोटको उच्छव गाउँमा पहिलो पटक दुई दिने एकीकृत स्वास्थ्य शिविर संचालन भएको छ । गाउँपालिका केन्द्रबाट ७ घण्टाको पैदल दुरीमा रहेको उच्छव गाउँमा पहिलो पटक चिकित्सकसहित जनप्रतिनिधि पुगेपछि स्थानीय खुशी भएका छन् ।

कर्णालीमा अझै मिलेन भागबन्डा, एक्लै सरकार चलाउँदै मुख्यमन्त्री

कर्णालीमा अझै मिलेन भागबन्डा, एक्लै सरकार चलाउँदै मुख्यमन्त्री

कृष्णप्रसाद गौतम

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल मुख्यमन्त्रीमा नियुक्त भएको शुक्रबार ११ दिन पुग्यो । तर सत्ता गठबन्धनका दलहरुबीच भागबन्डा नमिल्दा उनी एक्लैले सरकार चलाइरहेका छन् । 

अरुण नदीमा चल्यो तीन सातापछि \'फेरी\'

अरुण नदीमा चल्यो तीन सातापछि 'फेरी'

दीपेन्द्र शाक्य

भोजपुरको उत्तरी दिङ्ला र संखुवासभाको तुम्लिङटार जोड्ने अरुण नदीमा पर्ने सतिघाटको 'फेरी' बिहीबारबाट संचालनमा आएको छ । लट्ठा घुमाउने पुल्ली खिएर तारमा समस्या देखिएपछि गत चैत १६ गते फेरी बन्द भएको थियो ।  

बालबालिकाको पढ्ने रहर बढाउँदै पढाइकुना

बालबालिकाको पढ्ने रहर बढाउँदै पढाइकुना

डीबी बुढा

कनकासुन्दरी-७ की जीवना कार्की अहिले घरमै बच्चा पढाउन व्यस्त छिन् । सानै उमेर भएकोले स्कुलसम्म जान नसक्ने उनको ४ वर्षीय छोरा आभास कार्कीलाई घरभित्रै पढाइकुनो बनाइदिएर पढाइरहेकी हुन् । उनको एक कोठा पढाइकुनाको लागि छुटाइएको छ । जहाँ शैक्षिक सामाग्रीहरुको व्यवस्था छ । 

भीमा मृत्यु प्रकरण : क्षतिपूर्ति नदिएसम्म शव नबुझ्ने परिवारको अडान

भीमा मृत्यु प्रकरण : क्षतिपूर्ति नदिएसम्म शव नबुझ्ने परिवारको अडान

तृप्ति शाही

गत बिहीबार कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएकी दैलेख आठबीस नगरपालिका–५ पिपलकोटकी २२ वर्षीया भीमा गुरुङ बलामीको शव अझै प्रदेश अस्पतालमा छ । उचित क्षतिपूर्ति नदिएको खण्डमा शव नबुझ्ने परिवारले बताएका छन् ।

कर्णाली बाट थप
शुक्लाफाँटामा ४४ पुग्यो बाघको संख्या

शुक्लाफाँटामा ४४ पुग्यो बाघको संख्या

भवानी भट्ट

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघको संख्या ४४ पुगेको छ । दुई वर्षअघि गरिएको राष्ट्रिय गणनाको तुलमा गत वर्ष गरिएको गणनामा बाघको संख्या बढेको हो । वन्यजन्तु सप्ताहको अवसर पारेर शुक्रबार गणनाको नतिजा सार्वजनिक गरिएको हो । 

आगलागी हुँदा सात बिघा जमिनको गहुँबाली नष्ट

आगलागी हुँदा सात बिघा जमिनको गहुँबाली नष्ट

रासस

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी हुँदा सात बिघाभन्दा बढी जमिनमा लगाएको गहुँ नष्ट भएको छ ।

नवनियुक्त मुख्यमन्त्री सोडारीले लिए शपथ

नवनियुक्त मुख्यमन्त्री सोडारीले लिए शपथ

कान्तिपुर संवाददाता

सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले प्रदेशका नवनियुक्त मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई बिहीबार साँझ पद तथा गोपनीयताको शपथ गराएका छन् ।

स्थानीय तहका न्यायिक समिति : पर्याप्त अधिकार, कार्यान्वयनमा अलमल

स्थानीय तहका न्यायिक समिति : पर्याप्त अधिकार, कार्यान्वयनमा अलमल

मेनुका ढुंगाना

स्थानीय तहमा रहेका न्यायिक समितिले अपेक्षा अनुसार काम गर्न सकिरहेका छैनन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार स्थानीय सरकार सञ्चालन ऐनका व्यवस्थाहरूमा न्यायिक समितिलाई विवाद वा मुद्दाको सुनुवाई गरी निरूपण गर्ने अधिकार र मेलमिलापको माध्यमबाट मात्रै विवादको निरूपण गर्ने अधिकार गरी दुई प्रकारले न्याय निरूपण गर्ने अधिकार प्रदान गरेको छ । तर यहाँका स्थानीय तहले दुइटै व्यवस्थालाई कार्यान्वयन गर्न सकेका छैनन् ।

चितवनका घडियाल शुक्लाफाँटामा मख्ख

चितवनका घडियाल शुक्लाफाँटामा मख्ख

भवानी भट्ट

एक महिनाअघि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको चौधर नदीमा छाडिएका घडियाल गोही चौधर नदीमा बिचरण गरिरहेका छन् । चौधर नदीको पिटरघाटदेखि राधापुर क्षेत्रसम्मको १५ किलोमिटर क्षेत्रमा गोहीहरु रमेका छन् । चैत पहिलो साता चितवनको कसरा क्षेत्रबाट ल्याइएका २५ वटा गोही चौधर नदीमा छाडिएको थियो ।

सोडारी सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त

सोडारी सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त

अर्जुन शाह

सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी पार्टीको प्रदेश संसदीय दलका नेता दीर्घ सोडारीे मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

सुदूरपश्चिम बाट थप

निर्धारित समयमै फास्ट ट्य्राक निर्माण सक्न सरकारलाई निर्देशन

प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले काठमाडौं–तराई-मधेश द्रुत मार्ग(फास्ट ट्य्राक) निर्धारित समयमै सम्पन्न गर्नेगरी आवश्यक संयोजन गर्न सरकारलाई निर्देशन दिएको छ । 

बेलकोटगढीमा हाप्किडो सुरु

नुवाकोट जिल्लास्थित बेलकोटगढी नगरपालिकामा शुक्रबारबाट नुवाकोट आमन्त्रित ओपन हाप्किडो राष्ट्रिय प्रतियोगिता सुरु भएको छ । उक्त राष्ट्रिय प्रतियोगिताको उद्घाटन संघिय सांसद बिमल सुवेदीले गरेकी छन् । 

प्रधानसेनापति ह्विलचेयर बास्केटबल

नेपाली सेनाको आयोजनामा सैनिक पुनर्स्थापना केन्द्र भण्डारखालमा भएको प्रथम प्रधानसेनापति ह्विलचेयर बास्केटबल प्रतियोगिता पुरुषतर्फ सशस्त्र प्रहरी बल नेपाल टिम विजेता भयो । आयोजक त्रिभुवन आर्मी क्लब दोस्रो र स्पाइनल कर्ड इन्जुरी नेटवर्क नेपाल तेस्रो भए ।

गणेशमान सिंह क्रिकेट : वाग्मती र कर्णाली विजयी

वागमती र कर्णाली प्रदेश टिमले वीर गणेशमान सिंह राष्ट्रिय पुरुष टी–२० क्रिकेट प्रतियोगितामा शुक्रबार जित हात पारेका छन् । मूलपानीको माथिल्लो क्रिकेट मैदानमा वाग्मतीले कोशी प्रदेशलाई ७ रनले हरायो । टोलीको यो दोस्रो जित हो ।

बर्दिबासलाई हराउँदै एपीएफ सेमिफाइनलमा 

चौँथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा शुक्रबार सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरीले महोत्तरीको नगर खेलकुद विकास समिति वर्दिबासलाई ४–१ गोलले हराउँदै सेमिफाइनलमा पुगेको हो । 

बालगायक अशोक दर्जीको जीवनमा आधारित फिल्म बन्ने

बालगायक अशोक दर्जीको जीवन र सांगीतिक करिअरको उतारचढावमा आधारित फिल्म बन्ने भएको छ । एनआरएनए उपमहासचिव एवं युवा व्यवसायी विनय अधिकारीले ‘मनबिनाको धन ठूलो कि धनबिनाको मन’ फिल्म निर्माण गर्न लागेको बताए । फिल्म अधिकारी र टंक बुढाथोकीको संयुक्त लगानीमा बन्ने जनाइएको छ ।

किन खुल्दैन भारतीय निर्वाचन आयोगको वेबसाइट ?

शुक्रबारबाट सुरु भएको भारतको लोकसभा चुनावका बेला त्यहाँको निर्वाचन आयोगको आधिकारिक वेबसाइट भने भारतभन्दा बाहेक अन्य कुनै पनि देशमा नखुल्ने बनाइएको छ । चुनावभन्दा महिनौं अघिदेखि नै आयोगको वेबसाइट विदेशबाट खोल्न वा हेर्न नमिल्ने बनाइएपछि विभिन्न देशमा रहेका उल्लेख्य संख्याका भारतीय प्रवासीहरू अलमलमा परेका थिए ।

भारतमा लोकसभाको पहिलो चरणको चुनाव सुरु

भारतमा शुक्रबारदेखि लोकसभाको पहिलो चरणको चुनाव सुरु भएको छ । लोकसभाको ५ सय ४३ सिटका लागि डेढ महिना लगाएर सात चरणमा चुनाव हुन लागेको हो । चुनावको परिणाम भने ४ जुनमा मात्रै आउनेछ ।

केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु

केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तरपश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना वरिष्ठ कमाण्डरको मृत्यु भएको पुष्टि गरेका छन् ।

इरानमाथि इजरायलको जवाफी आक्रमण

इजरायली सेनाले शुक्रबार बिहान इरानमा आक्रमण गरेको छ । इजरायली रक्षा अधिकारीहरूका अनुसार पाँच दिन अघि इजरायलमा इरानले गरेको आक्रमणको सैन्य प्रतिक्रियाका रुपमा इजरायलले पनि जवाफी आक्रमण गरेको हो।

सिक्किम निर्वाचन : गोलेलाई चाम्लिङको डर, चाम्लिङलाई गोलेको

सिक्किमका मुख्यमन्त्री मात्रै हैन सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) का सुप्रिमो पनि हुन् प्रेम सिंह तामाङ उर्फ पीएस गोले । यसपटक उनी गान्तोकको रिनोक र सोरेङको बारफुङ क्षेत्रबाट उम्मेदवार बनेका छन् । 

४० वर्षअघि ग्रामीण बस्तीसम्म बत्ती पुर्‍याउन खटिएको नर्वेजियन जोडी

सोलुखुम्बुको पिके पिक बेस क्याम्पस्थित पिके सांग्रिला लज एन्ड रेस्टुरेन्टको डाइनिङ हलमा चियाको चुस्की लिँदै एक विदेशी महिला आफ्नो गाइडसँग नेपालीमा गफिइरहेकी थिइन् । उनीसँगै सेतै फुलेको दारी–कपाल भएका पाका विदेशी पनि सानो स्वरमा नेपालीमै कुराकानी गरिरहेका थिए । केहीबेर उनीहरूको भलाकुसारी सुनिसकेपछि सोधियो, ‘तपाईंहरू दुवै जना नेपाली भाषा त राम्रोसँग बोल्नु हुँदो रहेछ ।’ युवतीले मुसुक्क हाँस्दै जवाफ फर्काइन्, ‘धन्यवाद । बोल्ने प्रयास गर्छौं । तर सबै त आउँदैन ।’

बालाजु बाइसधारा मेला वैशाख ११ गतेदेखि

काठमाडौँको प्राचीन धार्मिक तीर्थस्थल बालाजु बाइसधारामा पाँचदिने बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला यही वैशाख ११ गतेदेखि सुरु हुने भएको छ । बालाजु बाइसधारा मेला व्यवस्थापन समितिले आज पत्रकार सम्मेलन गरी वैशाख शुक्ल पूर्णिमादेखि सुरु हुने बालाजु बाइसधारा मेलाको तयारी पूरा भएको जानकारी दिएको हो ।

Your browser is too old or not supported by eKantipur.
Please upgrade your browser to improve your experience.