सन् १९३७ मा आजकै दिन : अमेरिकाकी पहिलो महिला विदेशमन्त्रीको जन्म 

जेष्ठ २, २०८१ ०६:५१

सन् १९३७ मा आजकै दिन (मे १५) मा मेडेलिन अलब्राइटको जन्म भएको थियो । उनी अमेरिकाकी पहिलो महिला विदेशमन्त्री हुन् । चेक गणतन्त्र (तत्कालीन चेकोस्लोभाकिया) को प्रागमा जन्मिएकी मेडेलिन १९९७ जनवरी २३ मा अमेरिकी विदेशमन्त्री नियुक्त भएकी थिइन् । 

राष्ट्रपतिले पाएनन् धन्यवाद

जेष्ठ २, २०८१ ०६:१३

संसद्को संयुक्त बैठकमा मंगलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका राष्ट्रपति रामचन्द्र पौडेलले धन्यवाद समेत पाएनन् । धन्यवाद दिने कार्यसूची रहे पनि प्रमुख प्रतिपक्ष कांग्रेसले बैठक अवरुद्ध गरेपछि संसद्को अभ्यासमा सम्भवतः पहिलो पटक त्यो हुन सकेन ।

‘डिजिटलाइजेसन’ र कृषिमा लगानी दशक घोषणा

जेष्ठ २, २०८१ ०६:१२

सरकारले ‘राजनीतिक स्थायित्व, सुशासन, विकास र सामाजिक न्यायसहित समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने’ भन्दै कृषि, सूचना प्रविधि र आधुनिक पूर्वाधार निर्माणलाई विशेष प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको छ । अर्थतन्त्रको सुधार र पुनरुत्थान, उत्पादकत्व वृद्धि, रोजगारीका लागि भन्दै ‘डिजिटलाइजेसन र कृषिमा लगानी दशक’ घोषणा गरेको छ । 

दिल्लीको झिनो आशा अझै कायम

जेष्ठ २, २०८१ ०६:०१

अभिषेक पोरेल र ट्रिस्टन स्टब्सको आक्रामक अर्धशतकमा दिल्लीले आफ्नो अन्तिम लिग चरणको खेलमा मंगलबार लखनऊ सुपर जायन्ट्सलाई १९ रनले हराएको छ । यो जितपछि दिल्लीको १४ खेलबाट १४ अंक भएको छ ।

इंग्लिस प्रिमियर लिग : सिटी लगातार चौथो उपाधिनजिक

जेष्ठ २, २०८१ ०५:५२

इर्लिङ हालान्डको दुई गोलमा म्यानचेस्टर सिटीले मंगलबार इंग्लिस प्रिमियर लिगमा टोटनहमलाई २–० ले हराएको छ । जितसँगै सिटी लगातार चौथो लिग उपाधिको नजिक पनि पुगेको छ । नर्वेली खेलाडी हालान्डले ५१ औं मिनेटमा पहिलो गोल गरे ।

‘काठमाडौं र नयाँ दिल्लीले बेइजिङबाट सिक्नु पर्छ’

जेष्ठ १, २०८१ २२:१२

प्राध्यापक सी. राजा मोहनले काठमाडौं र नयाँ दिल्लीले बेइजिङबाट सिक्नु पर्ने बताएका छन् । ‘प्रोफेसर यदुनाथ खनाल प्रवचन शृंखला’ को तेस्रो संस्करणमा वक्ताको रुपमा नेपाल आएका भारतीय भूराजनीतिक विज्ञ तथा प्रा. राजा मोहनले भारत र नेपालले विचारधाराको आधारमा काम गर्न नहुने उल्लेख गर्दै बेइजिङबाट सिक्नु पर्ने बताएका हुन् ।

पटना र कटिहार क्वाटरफाइनलमा

जेष्ठ १, २०८१ २२:०७

तेस्रो संस्करणको मिल्स कप टी–२० क्रिकेट प्रतियोगितामा मंगलबार भारतका दुई टिम पटनाको हाइपफर्मेन्स क्रिकेट क्लब र कटिहार क्रिकेट क्लब क्वाटरफाइनल पुगेका छन् ।

पत्रकार आचारसंहिता पालनामा प्रेस काउन्सिलको जोड

जेष्ठ १, २०८१ २२:०५

प्रेस काउन्सिल नेपालले पत्रकारिताजन्य सामग्री प्रकाशन प्रसारण गर्दा पत्रकारिता आचारसंहिता पूर्ण पालना हुनैपर्नेमा जोड दिएको छ । पत्रकारहरूले भने अहिले डिजीटल प्लेट्फर्महरुमा मिथ्या सूचनाको बिगबिगी बढेको अवस्थामा काउन्सिलले झन् सक्रियतापूर्वक आचारसंहिता पालनामा सचेत गराउनुपर्ने सुझाव दिएकाछन् ।

पुलिसले जित्यो राष्ट्रिय महिला कबड्डी

जेष्ठ १, २०८१ २२:०४

नेपाल पुलिस क्लबले राष्ट्रिय महिला कबड्डी प्रतियोगिताको उपाधि जितेको छ । जिल्ला कबड्डी संघ सप्तरीको आयोजनामा राजविराजमा मंगलबार भएको राष्ट्रिय महिला प्रतियोगिताको फाइनलमा पुलिसले अर्को बिभागीय टोली एपीएफ क्लबलाई हराएको थियो ।

१६ वर्षअघिको बहुविवाहमा कान्छी पत्नी पक्राउ

जेष्ठ १, २०८१ २१:३९

दोस्रो विवाह गरेको १६ वर्ष भयो । १४ वर्षकी छोरी र ११ वर्षका छोरासमेत छन् । पति कोपिलामणि एक महिनाअघि वैदेशिक रोजगारीका लागि विदेश उडे । घरव्यवहार चलाइरहेकी ४० वर्षीया सदीक्षा पौडेललाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरीले काम छ भनेर बोलाउँदै ल्याएर हिरासतमा राखेको हो ।

नीति तथा कार्यक्रम : स्वास्थ्य क्षेत्रमा अलपत्र पुरानै योजनाको निरन्तरता

जेष्ठ १, २०८१ २१:१५

सरकारले राष्ट्रपति रामचन्द्र पौडेलमार्फत संसद्‌मा पेस गरेको आगामी वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रमा प्राय: गरेर पुरानै योजनाहरूलाई निरन्तरता दिएको छ । आधारभूत स्वास्थ्य अस्पताल निर्माण, औषधि तथा खाद्य वस्तुको गुणस्तर नियन्त्रणका लागि संस्थागत संरचना, अस्पतालको समयमा बढोत्तरीजस्ता विगत केही वर्षदेखि घोषणा भएर पूर्ण कार्यान्वयन हुन नसकेका कार्यक्रमहरूलाई यो वर्ष पनि प्रस्तुत गरिएको छ ।

कांग्रे‍सले संसद् अवरोध गर्दा राष्ट्रपतिलाई धन्यवाद दिन सकेनौं : बर्तौला

जेष्ठ १, २०८१ २१:०१

प्रमुख प्रतिपक्ष कांग्रेसको अवरोधले प्रतिनिधिसभाबाट राष्ट्रपति रामचन्द्र पौडेललाई नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा धन्यवादसमेत दिन नपाएको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताएका छन् । 

नीति तथा कार्यक्रममा क्रिकेट पूर्वाधारलाई प्राथमिकता

जेष्ठ १, २०८१ २०:५४

सरकारले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको निर्माणलाई प्राथमिकतामा राखेको छ । संघीय संसद्को संयुक्त बैठकमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रममा खेलकुद पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखिएको जनाइएको छ ।

‘मौसमी’ खेतीले नारायणी बगर हराभरा

जेष्ठ १, २०८१ २०:४५

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सयौं विगाहा खेती योग्य जमिन नारायणी नदीको बाढीले पटान गर्यो । खेतीयोग्य जग्गा पूरै बगर भएपछि स्थानीयले खेतीपाती गर्न छाडे । दुई वर्षदेखि भने नारायणी बगर हरियाली बनेको छ । हिउँदमा उजाड बनेको बगरमा अहिले करौडौं रुपैयाँको तरभुजा र खरभुजा उत्पादन भइरहेको छ ।

शिक्षक–विद्यार्थी लेकतिर, विद्यालय बन्द

जेष्ठ १, २०८१ २०:३१

यार्सा संकलन गर्न शिक्षक–विद्यार्थी लेकतिर गएपछि अपीहिमाल गाउँपालिकाका विद्यालय बन्द गरिएका छन् । गाउँपालिकाभरिका शिक्षक, अभिभावक र विद्यार्थी यार्सागुम्बा संकलनका लागि लेक उक्लिएपछि कक्षा सञ्चालन गर्ने अवस्था नहुँदा विद्यालय बन्द भएका हुन् ।

नीति तथा कार्यक्रम बजेटमा समावेश गर्नसके आशा जाग्छ : अध्यक्ष ढकाल

जेष्ठ १, २०८१ २०:२२

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले ल्याएको नीति तथा कार्यक्रम बजेटमा समावेश गर्न सके आशा जाग्ने बताएका छन् । 

गोल्डेनपिक, भ्याली र सेब बास्केटबल च्याम्पियन

जेष्ठ १, २०८१ २०:१८

गोल्डेनपिक, भ्याली पब्लिक र सेबले सातौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि मंगलबार जितेका छन् ।

राष्ट्रपतिलाई धन्यवाद दिन नदिई कांग्रे‍सले सामान्य शिष्टाचार राखेन : मन्त्री पुन 

जेष्ठ १, २०८१ २०:०९

नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा राष्ट्रपति रामचन्द्र पौडेललाई संघीय संसद्का दुवै सदनले धन्यवाद दिन पनि पाएनन् । राष्ट्रिय सभा र प्रतिनिधिसभाको संयुक्त बैठकमा राष्ट्रपतिले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । 

नाम, आवाज र उपनाम जोगाउन ज्याकी अदालतमा

जेष्ठ १, २०८१ २०:०४

बलिउड अभिनेता ज्याकी श्रफ आफ्नो नाम, व्यक्तिगत पहिचान र फिल्म क्षेत्रबाट पाएको उपनाम बचाउन दिल्ली उच्च अदालत पुगेका छन् । 'अप्ना भिडू' उपनामले प्रख्यात श्रफले आफ्नो नाम ज्याकी, उपनाम जग्गु दादा, भिडू आफ्नो आवाज र शारीरिक हाउभाउको सुरक्षाका लागि उच्च अदालत पुगेका हुन् ।

नीति तथा कार्यक्रमले अर्थतन्त्र सुधारको जग बसाल्यो : उपसभापति वाग्ले

जेष्ठ १, २०८१ २०:००

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले नीति तथा कार्यक्रमले बजेटसँग तादात्म्यता मिल्ने र कार्यान्वयनमा जाने गरी क्रमिक सुधारहरूका बीउहरू रोपेको बताएका छन् ।

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने बजेट आउँछ : अर्थमन्त्री पुन

जेष्ठ १, २०८१ १९:५७

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राम्रो आएको अर्थमन्त्री वर्षमान पुनले बताएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसद्मा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि मन्त्री पुनले बजेटले नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी आउने बताए ।

नीति तथा कार्यक्रममाथि छलफल गर्नुको अर्थ छैन : पूर्वअर्थमन्त्री महत

जेष्ठ १, २०८१ १९:५४

प्रमुख प्रतिपक्षी दलका सांसद तथा पूर्वअर्थमन्त्री प्रकाशशरण महतले सरकारले ल्याएको नीति तथा कार्यक्रममा छलफल गर्नुको अर्थ नभएको बताएका छन् । पुरानै ढर्राको नीति तथा कार्यक्रम आएको पनि उनको टिप्पणी थियो । 

पोखराको प्राइम सहकारीमा डेढ अर्ब हिनामिना, ८ पक्राउ

जेष्ठ १, २०८१ १९:४३

पोखरा–४ गैह्रापाटनमा रहेको प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा बचतकर्ताको डेढ अर्ब रुपैयाँभन्दा बढी हिनामिना भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेको छ ।

नीति तथा कार्यक्रमलाई बजेटसँग जोडेर विश्लेषण गर्नुपर्छ : उपप्रधानमन्त्री लामिछाने

जेष्ठ १, २०८१ १९:३७

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा धेरै नयाँ विषय आएको दाबी गरेका छन् । उनले नीति तथा कार्यक्रमलाई बजेटका सिद्धान्त तथा प्राथमिकता र आउन लागेको बजेटसँग जोडेर विश्लेषण गर्नुपर्ने बताए ।

सरकारको नीति तथा कार्यक्रम : 'एआई' रणनीति तयार गरिने

जेष्ठ १, २०८१ १९:१५

सार्वजनिक सेवाको निर्बाध सञ्चालनका लागि सूचना तथा प्रविधसँग सम्बन्धित संवेदनशील पूर्वाधार बनाउन र कार्यान्वयनका लागि राष्ट्रिय कृत्रिम बौद्धिकता रणनीति तयार गरिने विषय आगामी नीति तथा कार्यक्रममा समावेश छ । साथै, कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) को प्रयोगसम्बन्धी सम्भाव्यता अध्ययन गरिने पनि भनिएको छ । 

सरकारी निकायमा स्वेदशी सफ्टवेयर प्रयोग गरिने

जेष्ठ १, २०८१ १८:५६

सरकारले अब आफैंले विकासका गरेका सूचना प्रविधि प्रणाली र सफ्टवेयरहरू सार्वजनिक निकायमा प्रयोग गर्ने दाबी गरेको छ । आगामी नीति तथा कार्यक्रममा सरकारी क्षेत्रबाट निर्माण गरिने सफ्टवेयरलाई प्राथिकता दिइने उल्लेख छ ।

प्रतिनिधिसभा बैठकमा कांग्रेसको अवरोध, राष्ट्रपतिलाई दिने धन्यवाद प्रस्ताव पेस हुन सकेन 

जेष्ठ १, २०८१ १८:२३

प्रतिनिधिसभाको मंगलबार साँझ बसेको बैठक कांग्रेस सांसदहरुले अवरोध पुर्‍याएका छन् । बैठक प्रारम्भ भएको सभामुखले घोषणा गर्नासाथ कांग्रेस सांसदहरु वेल घेराउ पुगेका थिए । उनीहरुले 'सहकारी पीडितलाई न्याय दे', 'सहकारी ठगलाई कारबाही गर', 'संसदीय छानबिन समिति गठन गर' लगायत नारा लगाएका थिए ।

प्रतिनिधिसभा बैठकमा कांग्रेसको नाराबाजी

जेष्ठ १, २०८१ १८:११

प्रतिनिधिसभाको बैठकमा कांग्रेस सांसदहरुले नाराबाजी गरेका छन् । मंगलबार बेलुकीको बैठक प्रारम्भ भएको सभामुखले घोषणा गर्नासाथ कांग्रेस सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी गरेका हुन् ।

कांग्रेसको अवरोधका कारण राष्ट्रिय सभामा राष्ट्रपतिलाई दिने धन्यवाद प्रस्ताव पेस हुन सकेन 

जेष्ठ १, २०८१ १७:५८

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका अवरोधका कारण राष्ट्रिय सभा बैठकमा राष्ट्रपतिलाई दिने 'धन्यवाद प्रस्ताव' पेस हुन सकेन । संघीय संसद्‌का दुवै सदनको बैठकपछि अपराह्न बसेको राष्ट्रिय सभा बैठक प्रारम्भ हुनासाथ कांग्रेस सांसदहरुले उभिएर विरोध जनाएपछि प्रस्ताव पेस हुन नसकेको हो । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा राष्ट्रपतिलाई धन्यवाद दिने प्रचलन छ ।

यी हुन् सरकारको नीति तथा कार्यक्रमका मुख्य व्यवस्था

जेष्ठ १, २०८१ १७:४६

आगामी आर्थिक वर्ष २०८१ / ८२ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आज वाचन गर्नुभएको सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा  राखिएका मुख्य प्रावधान यस्ता रहेका छन् ।

योजना माग्न मन्त्रालय धाउनु पर्दैन : मुख्यमन्त्री कँडेल

जेष्ठ १, २०८१ १७:४०

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बजेट निर्माणका सम्बन्धमा मन्त्रालयहरुमा योजना माग्ने प्रवृत्तिलाई निरुत्साहित गरिने बताएका छन् ।

सरकारको नीति तथा कार्यक्रम अर्थतन्त्र सुधार्नेतर्फ केन्द्रित छैन : कांग्रेस

जेष्ठ १, २०८१ १७:३९

प्रमुख प्रतिपक्षी दल कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारले मंगलबार संघीय संसद्‌मा ल्याएको नीति तथा कार्यक्रम अहिलेको अर्थतन्त्रमा सुधार्ने कुनै कार्यक्रम नल्याएको प्रतिक्रिया दिएको छ । 

गोलीगठ्ठा र बिस्फोटक पदार्थ स्वदेशमै उत्पादन, सीमा सुरक्षामा विशेष कार्यक्रम

जेष्ठ १, २०८१ १७:२८

सरकारले प्रतिरक्षा र गृह प्रशासन सुधार प्राथमिकतामा राखेर वार्षिक नीति तथा कार्यक्रम तय गरेको छ ।  आब २०८१/८२ का लागि तर्जुमा भएको वार्षिक नीति तथा कार्यक्रम संघीय संसद (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को संयुक्त बैठकमार्फत राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिरक्षा र गृह प्रशासन सुधारसहितका योजना सार्व जनिक गरेका हुन् ।

यस्तो छ सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम [पूर्णपाठ]

जेष्ठ १, २०८१ १७:१९

संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । बैठकको शुभारम्भमा राष्ट्रपति पौडेललाई प्रधानमन्त्री पुष्पकमल दाहालले सकारको आगामी आवको नीति तथा कार्यक्रम पेस गरेका थिए ।

इन्टरनेट सेवा प्रदायकलाई आपसमा गाभिन प्रोत्साहन गरिने

जेष्ठ १, २०८१ १७:१८

टेलिभजन, एफएम रेडियोसँगै इन्टरनेट सेवा प्रदायकलाई एकआपसमा गाभिन सरकारले प्रोत्साहन गर्ने नीति अवलम्बनको घोषणा गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले टेलिभजन, एफएम र इन्टरनेट सेवा प्रदायकलाई एकआपसमा गाभिन प्रोत्साहन गरिनेबारे जानकारी दिए ।

ठूला संघीय अस्पतालमा दुई सिफ्टमा ओपीडी

जेष्ठ १, २०८१ १७:१७

राष्ट्रपति रामचन्द्र पौडेलले २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बीर, राष्ट्रिय ट्रमा सेन्टर र कान्ति बाल अस्पताल जस्ता यथेष्ठ जनशक्ति भएका अस्पतालहरूमा दुई सिफ्टमा बहिरंग सेवा सञ्चालन गरिने घोषणा गरेका छन् ।

प्रहरी बढुवा प्रणालीलाई अनुमानयोग्य बनाइने

जेष्ठ १, २०८१ १७:१२

सरकारले प्रहरी कर्मचारीको सेवा निवृत्त हुने अवधि पुनरावलोकन गरी बढुवा प्रणालीलाई अनुमानयोग्य बनाउने भएको छ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सबै तहका प्रहरी कर्मचारीको सेवा निवृत्त हुने अवधि पुनरावलोकन गरी बढुवा प्रणालीलाई अनुमानयोग्य बनाइने बताएका हुन् ।

सरकारले विवादास्पद भ्यू टावर ब्युँत्यायो

जेष्ठ १, २०८१ १७:०८

अध्ययनबिना डाँडाहरुमा जथाभावी भ्यू टावर बनाएर बजेट दोहन गरेको भन्दै आलोचना खेपेको सरकारले फेरि भ्यू टावर निर्माणलाई ब्युँत्याएको छ । 

प्रदेश तथा स्थानीय तहमा आपत्‌कालीन बाल उद्धार कोषको व्यवस्थापन गर्ने

जेष्ठ १, २०८१ १७:०८

सरकारले अभिभावकविहीन, असहाय, अपांगता भएका बालबालिका, असक्त, बेवारिसे, हिंसापीडित तथा सडक बालबालिकाको उद्धार र संरक्षणका लागि प्रदेश तहमा आपत्‌कालीन बाल उद्धार एवं पुनर्स्थापना  कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

सरकारद्वारा ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ सञ्चालन गर्ने घोषणा

जेष्ठ १, २०८१ १७:०८

सरकारले नयाँ आर्थिक वर्षबाट ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ सञ्चालन गर्ने भएको छ ।

सरकारको नीति तथा कार्यक्रम : सवारी चाप धेरै भएको खण्डमा आधुनिक पूर्वाधार निर्माण गरिने 

जेष्ठ १, २०८१ १६:५९

सरकारले सवारी चाप हुने सडक खण्डमा आधुनिक पूर्वाधार गर्ने नीति लिएको छ । यातायात खर्च न्युन गर्न र ट्राफिक चाप घटाउन सुरुङ, द्रुतमार्ग, फ्लाईओभर, अन्डर पास र ओभर पासजस्ता आधुनिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिइने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । 

सामुदायिक विद्यालयमा करिअर काउन्सिल कार्यक्रम सञ्चालन गरिने

जेष्ठ १, २०८१ १६:५८

सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि करिअर काउन्सिलिङ कार्यक्रम सञ्चालन गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै करिअर काउन्सिलिङ कार्यक्रम सञ्चालन गरिने घोषणा गरेका हुन् ।

शिक्षक तथा कर्मचारी राजनीतिक दलको सदस्य हुन नपाउने कानुनी व्यवस्था पूर्ण कार्यान्वयन गरिने

जेष्ठ १, २०८१ १६:५७

शिक्षक तथा कर्मचारीले राजनीतिक दलको सदस्य हुन नपाउने कानुनी व्यवस्थाको पूर्ण रुपमा कार्यान्वयन गरिने प्रतिबद्धता सरकारले गरेको छ ।

सातै प्रदेशमा सूचना प्रविधि वर्क स्टेसन सञ्चालन गरिने

जेष्ठ १, २०८१ १६:५६

सरकारले काठमाडौं उपत्यकासहित प्रत्येक प्रदेशमा सूचना प्रविधि वर्क स्टेसन सञ्चालन गर्ने भएको छ । आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा सरकारले आगामी दशकलाई सूचना प्रविधि दशकका रूपमा अघि बढाउनले घोषणा गर्दै सूचना प्रविधि वर्क स्टेसनको अवधारणा अघि सारेको हो ।

रक्सौल–काठमाडौं रेलमार्ग निर्माणको लगानी विधि निर्क्योल गरिने 

जेष्ठ १, २०८१ १६:५४

सरकारले आगामी आर्थिक वर्ष भित्र रक्सौल–काठमाडौं रेलमार्गको लगानी विधी निर्क्योल गर्ने जनाएको छ । यो रेलमार्गको फिल्ड सर्भेको काम सकिएको एक वर्ष पुग्न लाग्दा फाइनल रिपोर्ट अझै तयार हुन सकेको छैन ।

घरजग्गा कारोबारलाई व्यवस्थित गर्न कानुनी तथा संरचनागत सुधार गरिने

जेष्ठ १, २०८१ १६:५१

सरकारले घरजग्गा कारोबारलाई व्यवस्थित गर्न र जमिनको मूल्यांकन प्रणाली व्यवस्थित गर्न आवश्यक कानूनी तथा संरचनागत सुधार गर्ने घोषणा गरेको छ ।

राष्ट्रपति महिला सशक्तीकरण परियोजनालाई पुनःसंरचना गर्ने

जेष्ठ १, २०८१ १६:४८

सरकारले आफ्नो महत्वकांक्षी कार्यक्रमको रुपमा सञ्चालन गर्दै आएको राष्ट्रपति महिला सशक्तीकरण परियोजनालाई पुनर्संरचना गरेर कार्यान्वयन गर्ने भएको छ । 

रेमिट हाइड्रोको अवधारणामा  घुन्सा र सिम्बुवा जलविद्युत् आयाेजना निर्माण हुने

जेष्ठ १, २०८१ १६:४४

सरकारले घुन्सा र सिम्बुवा जलविद्युत् आयोजना निर्माणका लागि रेमिट हाइड्रोको अवधारणा अघि बढाएको छ । मगंलबार सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् । 

सरकारको नीति तथा कार्यक्रम : मेलम्चीको खानेपानी काठमाडौं उपत्यकामा बाह्रै महिना आपूर्ति हुने व्यवस्था मिलाइने

जेष्ठ १, २०८१ १६:४३

सरकारले मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौं उपत्यकामा १२ महिना खानेपानी आपूर्ति हुने व्यवस्था मिलाउने भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्‍को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका छन् ।

दुर्गममा भूउपग्रहमा आधारित इन्टरेनट सेवा विस्तार गरिने

जेष्ठ १, २०८१ १६:४२

सरकारले दुर्गम र विकट स्थानमा भूउपग्रहमा आधारित इन्टरनेट सेवा विस्तार गर्ने योजना बनाएको छ । योसँगै देशैभर उच्च गतिको ब्रोडब्यान्ड इन्टनेट सेवा विस्तारलाई पनि तीब्रता दिने प्रतिबद्धता व्यक्त गरिएको छ ।