२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

बीएनए कप बास्केटबल शुक्रबारदेखि

काठमाडौँ — बसुन्धरा नेसनल एकेडेमी (बीएनए) को आयोजनामा सातौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबार सुरु हुँदै छ ।

बीएनए कप बास्केटबल शुक्रबारदेखि

प्रतियोगितामा ३ विधामा ४५ टिमको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा बीएनएका प्रिन्सिपल टंकुमार चापागाईंले जानकारी गराए ।

सिनियर ब्वाइजमा २०, सिनियर गर्ल्समा १३ र जुनियर ब्वाइजमा १२ टिमको सहभागिता रहने बीएनएका बास्केटबल प्रशिक्षक नारायण खवासले बताए । सिनियर ब्वाइज र गर्ल्सको प्रतिस्पर्धा थ्री बाइ थ्री स्वरुपमा हुनेछ । तीनै विधाका सहभागीलाई चार समूहमा विभाजन गरी लिगकम नकआउट आधारमा खेलाइने छ ।

सिनियर ब्वाइजमा ग्रिनल्यान्ड र जुनियर ब्वाइजमा गोल्डेनपिक डिफेन्डिङ च्याम्पियन हुन् । सिनियर गर्ल्सको थ्री बाइ थ्री पहिलोपल्ट हुन लागेको हो ।

प्रतियोगिता गर्न करिब ५ लाख रुपैयाँ खर्च हुने बीएनएका स्कुल कोर्डिनेटर सन्तोष फुयालले बताए । प्रतियोगिताका खेल बसुन्धरास्थित आयोजकको आफ्नै कोर्टमा हुनेछ ।

२०७१ सालदेखि सुरु प्रतियोगिताको दुई संस्करण कोभिड महामारीका कारण रोकिएको थियो ।

प्रकाशित : वैशाख २७, २०८१ १९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?