कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११२

मोनाको हार्दा पीएसजीलाई लिग उपाधि

काठमाडौँ — पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आइतबार फ्रान्सेली लिग वान लगातार तेस्रो पल्ट जित्ने निश्चित भएको छ । दोस्रो स्थानमा रहेको मोनाको लियोनको हातबाट ३–२ ले पराजित भएपछि पीएसजीको भाग्य खुलेको हो ।

मोनाको हार्दा पीएसजीलाई लिग उपाधि

पीएसजीले सन् २०१८ यता २०२१ लाई छाडेर सबै वर्ष लिगको उपाधि जितेको छ । पीएसजी लिग वानको उपाधि १२ पल्ट जित्ने एक मात्र टिमसमेत भएको छ ।

लिग तालिकाको शीर्षमा पीएसजीलाई १२ अंकको अग्रता प्राप्त भएको छ र लिगमा तीन चरणका खेल मात्र बाँकी छँदा कसैले पनि उसलाई उछिन्न सक्ने छैन ।

पीएसजीसामु ले हार्भेलाई हराएर शनिबार नै लिग जित्ने अवसर थियो । तर बराबरी खेलेपछि मोनाकाको खेलको नतिजा कुर्नु परेको हो । पछिल्लो ११ वर्षमा पीएसजीले फ्रान्सेली माथिल्लो डिभिजनको उपाधि जितेको यो दसौं पल्ट हो ।

प्रकाशित : वैशाख १७, २०८१ ०६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?