नेपालविरुद्ध वेस्ट इन्डिज ‘ए’ ले पहिले ब्याटिङ गर्दै

काठमाडौँ — वेस्ट इन्डिज ‘ए’ ले ट्वान्टी-२० शृंखलाको दोस्रो खेलमा नेपालविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । वेस्ट इन्डिजले आइतबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो ।

नेपालविरुद्ध वेस्ट इन्डिज ‘ए’ ले पहिले ब्याटिङ गर्दै

कप्तान रोहित पौडेलको शतकमा नेपाले शनिबार पहिलो खेल ४ विकेटले जितेर शृंखलामा अगाडि रहेको छ । पहिलो खेलको टोलीबाट नेपालले दोस्रो खेलमा ५ खेलाडी परिवर्तन गरेको छ ।

नेपाली टोलीमा लोकेश बम, आरिफ शेख, सोमपाल कामी, सागर ढकाल र आकाश चन्दलाई समेटिएको छ । उनीहरुलाई प्रतिश जिसी, विवेक यादव, कमलसिंह ऐरी, अविनाश बोहरा, ललित राजवंशीको स्थानमा ल्याइएको छ ।

वेस्ट इन्डिज ‘ए’ ले कदिम एलेनको स्थानमा हेडन वाल्सलाई खेलाएका छन् । वाल्स विश्व क्रिकेटका दुर्लभ खेलाडीमध्येका एक हुन, जसले दुई देशका लागि खेलेका छन् । वाल्सले वेस्ट इन्डिज अघि अमेरिकाबाट पनि अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए ।

प्रकाशित : वैशाख १६, २०८१ १२:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्थानीय तहको २६ प्रतिशत वित्तीय अनुदान कटौती गर्ने सरकारको निर्णयबारे तपाईं के धारणा छ ?