राजस्थान प्ले-अफनजिक

काठमाडौँ — राजस्थान रोयल्स शनिबार लखनऊ सुपर जायन्ट्सलाई सात विकेटले पराजित गर्दै प्ले–अफनजिक पुगेको छ । अंक तालिकाको शीर्ष स्थानमा रहेको राजस्थान एक ओभर बाँकी छँदै जितसम्म पुगेको थियो ।

राजस्थान प्ले-अफनजिक

यससँगै उसको नौ खेलबाट १६ अंक भएको छ । लखनऊ हारका बाबजुद दश अंकसहित चौथो स्थानमा छ । लखनऊले पहिले ब्याटिङ गर्दै पाँच विकेटको क्षतिमा १ सय ९६ रन बनाएको थियो । त्यसमा कप्तान केएल राहुलले सर्वाधिक ७६ रन बनाए ।

जवाफमा राजस्थानले १९ ओभरमा तीन विकेट गुमाएर १ सय ९९ रन बनायो । कप्तान सन्जु साम्सनले ३३ बलमा ७१ रन बनाए र खेलका ‘प्लेयर अफ द म्याच’ रहे । उनले सात चौका र चार छक्का प्रहार गरे ।


प्रकाशित : वैशाख १६, २०८१ ०६:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?