१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

सेती नदीमा नुहाउने क्रममा एकजना डुबेर बेपत्ता

मोहन शाही

डोटी — सेती नदीमा नुहाउने क्रममा एकजना डुबेर बेपत्ता भएका छन् । शिखर नगरपालिका-८ लुवाखडीनजिकै नदीमा धनगढी उपमहानगरपालिका-३ मायामेट्रो अस्पताल पछाडि बस्ने अन्दाजी ४० वर्षीय नरबहादुर तामाङ डुबेको डोटी प्रहरीले बताएको छ ।

उनी सु.प.प्र. ०१ ००१ ज. १५३४ नम्बरको अल्टो कार लिएर धनगढीबाट अछामतर्फ जाँदै थिए ।

कार सडक किनारमा रोकी उनी नुहाउन गएको प्रहरी नायव निरीक्षक नारायणसिंह नेगीले जानकारी दिए । उनका अनुसार तामाङ बेपत्ता भएको सूचनामा सोही कारमा सँगै रहेका रेवन्त अधिकारीले दिएका थिए

प्रकाशित : वैशाख १७, २०८१ १५:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?