२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

१४ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ

विप्लव महर्जन

सल्यान — १४ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ परेको छ । प्रहरीले कुपिण्डे नगरपालिका-९ जयतपानीका वर्ष २८ का बीरबहादुर डाँगीलाई पक्राउ गरेको हो । 

१४ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ

बीरबहादुरले त्रिवेणी गाउँपालिकाकी ती बालिकालाई भान्जी नाता लगाइ ललाइफकाइ जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरीक्षक भवानी प्रसाद धमलाका अनुसार गत वैशाख १० गते राति करिब ११ बजेतिर डाँगीले सामान किनेर ल्याइदिएको छु लिन आउ भन्दै बालिकालाई घरबाट बोलाएका थिए ।

त्यसपछि जंगलमा लगेर जबरजस्ती करणी गरी फरार भएका थिए । कसैलाई भने मार्ने धम्की दिएपछि बालिकाले आफन्तलाई भनेकी र आफन्तले त्रिवेणी गाउँपालिकाको लुहाममा रहेको प्रहरीमा दिएको जाहेरीका आधारमा डाँगीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका डाँगीलाई जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अहिले हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : वैशाख २७, २०८१ २०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?