भूमहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
नवलपरासी पश्चिम — पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको भूमहीमा सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
सुनवल नगरपालिका वडा नम्बर–१२ स्थित भूमही चोकमा भारतीय नम्बरको यूपी ५५ बीटी २५४६ नम्बरको ट्रकले लु २६ प ९२८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा सो दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी रेशम बोहोराका अनुसार स्कुटरमा सवार सुनवल १३ का ५५ वर्षीय कर्णबहादुर गुरुङ र स्थानीय ३७ वर्षीय कमला घर्ती मगर घाइते भएका थिए ।
घाइतेमध्ये कमला घर्ती मगरको उपचारका क्रममा पृथ्वीचन्द्र अस्पताल परासीमा मृत्यु भएको हो । ठक्कर दिने सवारीका चालक भारतका श्रवण यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया