लागूऔषधसहित एक जना पक्राउ

नवीन पौडेल

परासी — पश्चिम नवलपरासीको रामग्रामबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले महेशपुरबाट परासीतर्फ आउँदै गरेको भारतीय नम्बरको युपि ५६ ई  २८७६ नम्बरको मोटरसाइकलमा सवार रामग्राम ७ उजैनी बस्ने वर्ष ५३ को निर्मल नेटुवालाई पक्राउ गरेको हो ।

लागूऔषधसहित एक जना पक्राउ

उनको साथबाट लागूऔषध डाईजेपाम ४६ एम्पुल, फेनारगन ४८ एम्पुल र नुफिन ४९ एम्पुल बरामद गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी रेशम बोहोराले जानकारी दिए ।

रुमालले कम्मरमा बाधेर ल्याउँदै गर्दा प्रहरीले उक्त लागू्औषध बरामद गरेको हो । पक्राउ परेका नेटुवालाई औषधसम्बन्धी कसुरमा जिल्ला अदालत परासीबाट म्याद थपेर थप अनुसन्धान भइरहेको छ ।


प्रकाशित : वैशाख १६, २०८१ २१:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?