गुल्मीमा मलामी बोकेको जिप दुर्घटना : १ जनाको मृत्यु, १२ घाइते
गुल्मी — गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
रुद्रवेणीबाट मलामी लिएर लिम्घा फर्किंदै गरेको लु १ च ४३२० नम्बरको पिकअप गाडी सत्यवती गाउँपालिका–४ मौरीओढारमा दुर्घटना हुँदा सत्यवती-४ लिम्घाका ७५ वर्षीय मनबहादुर फुम्जालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी शंकर पोखरेलले बताए ।
शनिबार राति शव दाहसंस्कार गरेर फर्कंदै गरेको गाडीको ब्रेक फेल भई दुर्घटना भएको हो । प्रहरीका अनुसार घाइतेमध्ये ४ जनालाई थप उपचारका लागि पाल्पा पठाइएको र अन्यको जोहाङ प्राथमिक स्वास्थ्य केन्द्रमै उपचार भइरहेको छ ।
प्रतिक्रिया