बैंकिङ कसुरमा फरार वडाध्यक्ष पक्राउ
सिन्धुपाल्चोक — बैंकिङ कसुर मुद्दामा फरार रहेका जुगल गाउँपालिका ७ याङ्लाकोटका वडाध्यक्ष रवि तामाङलाई आइतबार प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले नक्कली सेवाग्राहीको भेषमा जिल्ला प्रहरी सिन्धुपाल्चोकबाट खटिएका प्रहरी निरीक्षक सञ्जिव यादवसहितको सुरक्षाकर्मीको टोलीले जुगल ५ ढाडेबाट तामाङलाई नियन्त्रणमा लिएको हो । उनलाई सिन्धुपाल्चोक जिल्ला अदालतमा पेस गरेर आवश्यक कानुनी प्रक्रियामा पठाइएको प्रहरी निरीक्षक यादवले जानकारी दिए । 'वडाध्यक्ष रविलाई सम्मानित अदालतमा बुझाइएको छ, कानुनी र अदालती प्रक्रियामा गएको छ,' उनले भने ।
२०७८ फागुन २० गते उच्च अदालत पाटन ललितपुरले तीन दिन कैद र नौ लाख ९० हजार रुपैयाँ जरिवानाको सजाय तोकिएपछि वडाध्यक्ष तामाङ फरार थिए ।
प्रतिक्रिया