२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

रक क्लाइम्बिङबाट लडेर युवाको मृत्यु

डम्बरसिं राई

खोटाङ — रक क्लाइम्बिङ गर्ने क्रममा लडेर एक युवाको ज्यान गएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको मझुवाभीरमा बिहीबार बेलुकी रक क्लाइम्बिङ गर्ने क्रममा दिक्तेल हाटडाँडा बस्ने ३५ वर्षीय सुचन राईको मृत्यु भएको हो ।

रक क्लाइम्बिङबाट लडेर युवाको मृत्यु

प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काका अनुसार भीरबाट लडेपछि बेलुकी साढे ६ बजे जिल्ला अस्पतालमा ल्याइएको थियो । ७ बजेतिर अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेको डीएसपी खड्काले सुनाए । करिब ३२ मिटर अग्लो मझुवाभीरमा गत चैत २३ गते रक क्लाइम्बिङको परीक्षण गरिएको थियो ।

नेपाल नेसनल माउन्टेन्ट गाइडले रुड निर्माण गरेको थियो । रक क्लाइम्बिङका लागि पर्वतारोहण प्रशिक्षक संघले ६ दिनको तालिमसमेत दिएको थियो । तालिममा ७ जना स्थानीय युवा र सशस्त्र प्रहरी बल हलेसी गुल्मका ५ जना गरी १२ जनाले तालिम लिएका थिए । यसमध्ये सुचन पनि एक थिए ।

रक क्लाइम्बिङ परीक्षणका लागि नेपाल नेसनल माउन्टेन्ट गाइडका संस्थापक कोषाध्यक्ष तथा पर्वतारोहण प्रशिक्षक संघका निवर्तमान अध्यक्ष लाक्पा शेर्पा पनि आएका थिए ।

प्रकाशित : वैशाख २७, २०८१ २१:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?