२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८६

सुरुङले कायापलट

पाठक पत्र

उ बेलामा प्रचण्डजी सुरुङ युद्ध भन्थे
बम र बारुद पड्काएर जंगलतिर कुद्थे
हिजोआज पुष्पकमल सुरुङ खन्दै छन्
विकास के हो विनाश के हो बल्ल बुझ्दैछन्
डाँडाकाँडा, चट्टान, घुम्ती, पहरा र भीर

विकासको बाधक बन्दा हामीलाई थियो पीर
अब आयो सुरुङको युग देशले कोल्टे फेर्ने
ओल्टो–कोल्टो सबैतिर विकास–प्रकाश छिर्ने
मुलुक अब सुरुङबाट बाहिर आउनेछ
सुरुङ युगले कायापलट गर्न सक्नेछ
– कृष्ण कुम्पुरे, आदमटार, धादिङ

प्रकाशित : वैशाख २८, २०८१ ०५:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?