नागरिकता लिन सास्ती

पाठक पत्र

बाबु नभएको व्यक्तिले आमाको नाउँबाट पनि नागरिकता पाउँछन् भन्ने सुनिएको थियो । कानुनले एउटा भन्दो रहेछ, नागरिकता वितरण गर्न कार्यालयका कर्मचारीले अर्को व्यवहार गर्दा रहेछन् ।

नेपालमा नेपाली आमाको गर्भबाट जन्मेको सन्तानले नेपाली नागरिकता पाउने उसको नैसर्गिक अधिकार होइन र ? नागरिकता बनाउन के–के चाहिने हो ? स्थानीय सरकारको सिफारिस लिएर स्वयम् आमाले फलानो मेरो छोरा वा छोरी हो भनेर प्रशासन कार्यालयमा उपस्थित हुँदा पनि नागरिकता दिन किन आनाकानी गरिन्छ ? नागरिकताबिना केही काम गर्न पाइँदैन । नागरिकता नभए जागिर खान पाइँदैन । पासपोर्ट बनाउन मिल्दैन । स्वदेशमै जन्मेको नेपालीले नागरिकता पाउन महिनौं धाउनुपर्ने कस्तो विडम्बना हो ?

पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं

प्रकाशित : वैशाख १६, २०८१ ०७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्थानीय तहको २६ प्रतिशत वित्तीय अनुदान कटौती गर्ने सरकारको निर्णयबारे तपाईं के धारणा छ ?