२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

कांग्रेसको अवरोधपछि १५ मिनेटका लागि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ — कांग्रेसको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । बजेट अधिवेशनको प्रारम्भिक दिनमा नै नेपाली कांग्रेसले उठेर बैठक अवरुद्ध पारेको हो ।

कांग्रेसको अवरोधपछि १५ मिनेटका लागि प्रतिनिधिसभा बैठक स्थगित

कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको जिकिर गर्दै संसदीय छानबिन समिति गठन गर्न माग गर्दै आएको छ । शुक्रबारको बैठकमा कांग्रेस महामन्त्रीसमेत रहेका गगन थापाले सहकारी प्रकरणमा छानबिन समिति नबनेसम्म सदन चल्न नदिने बताए ।

प्रकाशित : वैशाख २८, २०८१ १६:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?