डढेलो र आगलागीपीडितलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग कांग्रेसको माग
काठमाडौँ — प्रमुख प्रतिपक्ष दल कांग्रेसले डढेलो र आगलागी पीडितलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । शुक्रबार बसेको पार्टी संसदीय दलको बैठकले देशभरका विभिन्न ठाउँमा डढेलो तथा आगलागीबाट मृत्यु भएकाहरूप्रति समवेदना व्यक्त गर्दै पीडितलाई राहतको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेको हो ।
आगलागी र डढेलोबाट पीडितहरुलाई तत्काल राहतको व्यवस्था मिलाउन सरकारसँग माग गरिएको पार्टीका प्रमुख सचेतक रमेश लेखकले बताए । त्यसैगरी बैठकले डढेलो तथा आगलागिबाट पाईप जल्दा देशका विभिन्न ठाउँमा खानेपानीको अभाव भएको भन्दै त्यसको पनि उचित व्यवस्था मिलाउन सरकारलाई सचेत गराएको छ ।
प्रतिक्रिया