कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८६

८३ लाख ठगी फरार विश्वकर्मा दुबईबाट पक्राउ

काठमाडौँ — वैदेशिक रोजगारमा झन्डै ८३ लाख रुपैयाँ ठगी फरार बाँकेका कमल विश्वकर्मालाई संयुक्त अरव इमिरेट्स (युएई)को दुबईमा पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीले दुबईमा पक्राउ गरी काठमाडौं ल्याएको हो । 

८३ लाख ठगी फरार विश्वकर्मा दुबईबाट पक्राउ

उनलाई वैदेशिक रोजगार न्यायधिकरणले ठगी गरेको अभियोगमा ७ वर्ष कैद र ५ लाख रुपैयाँ जरिवना हुने फैसला गरेको थियो । विभागले खजुरा गाउँपालिका–६ सिमलघारी, बाँकेका विश्वकर्मा विरुद्ध गत भदौ १५ गते पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग, ईन्टरपोल शाखालाई पत्राचार गरेको थियो ।

ईन्टरपोल शाखाले अन्तराष्ट्रिय स्तरमा रेड नोटिस जारी गरी युएई प्रहरीसँग समन्वय गरी बैशाख १२ गते काठमाडौं ल्याइएको हो । वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेका अनुसार विश्वकर्माले दुबईमा भिआई सेक्युरिटी गार्डमा काम लगाइदिने भन्दै १८ जनासँग ठगी गरेका थिए ।

उनले मासिक एकलाख रुपैयाँ कमाइ हुने भन्दै १८ जनासँग कम्तिमा ८ लाख रुपैयाँको दरले रकम लिएका थिए । भिजिट भिसामा दुवई पुर्‍याइएका उनीहरुलाई काममा लगाउन सकेका थिएनन् ।

प्रकाशित : वैशाख १७, २०८१ १८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?