बझाङ-१ (१) मा एमाले उम्मेदवार भण्डारीलाई सुरुवाती अग्रता

बझाङ — प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर–१ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले सुरुवाती अग्रता लिएका छन् ।

बझाङ-१ (१) मा एमाले उम्मेदवार भण्डारीलाई सुरुवाती अग्रता

मध्यान्हबाट मतगणना सुरु भएकोमा केहीबेर अघि सार्वजनिक प्रारम्भिक परिणामअनुसार भण्डारीले १५७ मत प्राप्त गर्दा नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले १३२, नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ५१, नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले ४७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका किशोरकुमार खड्काले ३ मत पाएका छन् ।

मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार छविसपाथिभेरा गाउँपालिकाबाट मतगणना सुरू भएको हो । एकै पटक दुई ठाउँमा मतगणना भइरहेको छ। शनिबार भएको उपनिर्वाचनमा यहाँ ४९.१२ प्रतिशत अर्थात् ३० हजार ३२८ मत खसेको थियो ।

अहिले छविसपाथिभेरा गाउँपालिका १ र २ को मतगणना भइरहेको छ । यहाँ प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

प्रकाशित : वैशाख १६, २०८१ १५:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?