'रित्तो गाउँ'मा विदेशिएका युवाको चित्रण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय जनसंख्या अध्ययन केन्द्रीय विभागका प्रा.डा उद्धव सिग्देलको नेतृत्वमा गरिएको अनुसन्धानमा आधारित डकुमेन्ट्री सर्ट फिल्म प्रदर्शन गरिएको छ ।

'रित्तो गाउँ'मा विदेशिएका युवाको चित्रण

'रित्तो गाउँ' शीर्षकको डकुमेन्ट्री सर्ट फिल्म हेर्न नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलसहित व्यवसायी, विभिन्न संघसंस्थाका पदाधिकारी, सञ्चारकर्मी र फिल्मकर्मी उपस्थित थिए ।

रामजी ज्ञवालीको लेखन एवं निर्देशनमा तयार यो डकुमेन्ट्रीमा विदेशिदै गएको युवाका कारण रित्तो बन्दै गएको गाउँको कथा भन्छ । 'रित्तो गाउँमा'मा हिउँवाला गौतम, सुवास गजुरेल, मुकुन भुसाल र सविना राउतको अभिनय छ ।

डकुमेन्ट्रीको पहिलो भागतिर अनुसन्धानमा आधारित तथ्यांकसहित देशभरको अवस्था चित्रण गर्ने प्रयास भएको छ । दोस्रो भागमा भने पहिलो भागबाट लिइएका विभिन्न कथामा काल्पनिक सर्ट फिल्म तयार पारिएको छ ।

आनन्दराज प्रोडक्सनको ब्यानरमा राम्रो इन्टरटेनमेन्टले निर्माण गरेको यस डकुमेन्ट्री सर्ट फिल्ममा निरज कँडेलको छायांकन, नहकुल खड्काको सम्पादन, राजेन्द्र मोक्तानको रंग संयोजन छ ।

प्रकाशित : वैशाख १६, २०८१ २१:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?